२९ फागुन । प्रमुख विपक्षी दल नेकपा (एमाले)को मेची–महाकाली अभियान यतिबेला नवलपरासीमा छ । शनिबार कावासोतीमा विशाल आमसभा गरेको अभियान आजदेखि प्रदेश नम्बर ५ मा प्रवेश गर्दैछ ।

प्रदेश नम्बर ५ को पहिलो कार्यक्रम परासी क्षेत्रको भुमहीमा हुँदैछ । ५ नम्बर प्रदेशमा एमालेका शीर्ष नेताहरूलाई भव्य स्वागत गर्न भन्दै बिहानैदेखि एमाले कार्यकर्ता भुमही पुगेका छन् ।

परासीको भुमहीमा एमालेले दश हजार कार्यकर्ता उतार्ने तयारी गरेको प्रचार संयोजक धिरज शर्माले बताए । भुमहीमा हुने आमसभाको सवै तयारी पूरा भएको मञ्च व्यवस्थापन उप–समितिकी संयोजक सरस्वती सुवेदीले बताइन् ।

बर्दघाटदेखि सुनवलसम्म पूर्वपश्चिम महेन्द्र राजर्मागका विजुली पोलहरूमा एमालेको झन्डा राखिएका छन् । अभियानलाई स्वागत गर्ने विभिन्न स्थानमा स्वागतद्वार पनि निर्माण गरिएको एमाले जिल्ला संगठन कमिटीका सह–संयोजक थानप्रसाद गैरेले बताए ।

भुमहीमा हुने सभालाई एमाले अध्यक्ष केपी ओलीसहितका नेताहरूले बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम छ । एमालेको मेची महाकाली राष्ट्रिय अभियान आजै भैरहवा पुग्दैछ । भैरहवामा पनि आजै आमसभा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah