नेपाल जेसिसले कञ्चनपुरमा भएको घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माफी माग्नु पर्ने र पीडित परिवारलाइ उचित क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेको छ । सन् १९६० मा चीनले यस्तै घटनामा माफी मागेको र नेपाल सरकारको माग बमोजिम क्षतिपूर्ति दिने उल्लेख गरेको बताउदै यस्तो माग गरिएको हो । सरकारले मृतक गोबिन्द गौतमलाइ शहिद घोषणा गरेकोप्रति आभार प्रकट गर्दै यस बिषयमा गम्भिर रुपमा कुटनीतिक पहल गर्न आह्वान गरिएको छ । नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारी र महासचिब भरत प्रशाइले संयुक्त बिज्ञप्ति जारी गरेर घटनाको बिषयमा आफ्नो धारणा सार्वजनिक गरेको नेपाल जेसिसका मेडिया चियरमेन दीपेन्द्र तिम्सिनाले बताए



