=दमक/नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृह एवं उपप्रधानमन्त्री बामदेब गौतमले जातका आधारमा राज्य बाँडेर माओबादीले बिष रोपेको बताएकाछन् । कैलालीको राजापुरको सभालाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष गौतमले विगतमा माओवादीले अघि सारेका गलत नीतिहरुको शिकार सिंगो राष्ट्र भएको चर्चा गर्दै त्यसलाई सच्याउनुपर्ने बताए । उनले भने, जातका आधारमा राज्य बनाउने विष माओवादीले रोपेका कारण देशभित्र झगडा हुने स्थिति बन्यो । त्यसलाई केही हदसम्म सच्याएर मुलुकलाई रुवान्डा बनाउने षड्यन्त्रलाई रचिरिएको छ । अब पनि त्यस्तो हुन दिइने छैन ।’



