कैलाली । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीबाट हत्या गरिएका नेपाली युवक गोविन्द गौतमका परिवारलाई भारतले पाँच करोड भारतीय रुपैयाँ दिनु पर्ने बताउनु भएको छ । एमालेले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत बुधबार कैलालीको लम्कीमा भएको सभा नेपालले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘कञ्चनपुरमा भएको घटनामा भारतले नेपालसँग माफी माग्नुपर्छ ।

२०१६ सालमा उत्तरी सीमामा यस्तै हुँदा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाले हिम्मत गरेर चीनसँग माफी माग्नुपर्छ भनेका थिए । अहिले प्रचण्डमा त्यो हिम्मत छ कि छैन ? साहसका साथ के उनले त्यो भारतसँग भन्न सक्छन् ? जीवनको मूल्य पैसासँग त साट्न सकिन्न तर गोविन्द गौतमका परिवारको रेखदेखका लागि पाँच करोड भारु क्षतिपूर्ति दिनुपर्छ । सरकारले लम्पसार हुने नीति छाडोस्, नेपालका पक्षमा उभियोस् ।’ नेता नेपालले मुलुकलाई नेतृत्व गर्न एमालेबाहेक अरु कुनै दल नभएको बताउनु भयो ।

उहाँले सामाजिक सद्भाव बढाउन र १ सय २६ जातिलाई समेटेर बलियो मुलुक बनाउने अभियानमा एमाले क्रियाशील रहेको बताउनु भयो । उहाँले सुदूरपश्चिमको विकासका लागि एमालेले विशेष ध्यान दिएको बताउँदै मेडिकल कलेज स्थापनादेखि अरु ठूला आयोजना निर्माणमा प्राथमिकता दिइने बताउनु भयो । कार्यक्रममा एमाले उपाध्यक्ष तथा ७ नम्बर प्रदेश संयोजक भीम रावलले विदेशी महिलालाई एउटा हातमा सिन्दुर र अर्को हातमा नागरिकता दिँदा पनि पुगेन भन्नेहरुले समस्या तन्काएको बताउनु भयो । महासचिव ईश्वर पोखरेलले कसैले सामाजिक सद्भाव बिथोल्न खोजे एमालेलाई स्वीकार नहुने बताउनु भयो । बिहीबार धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा एमालेको सभा हुनेछ ।

जनता सञ्चार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah