एजेन्सी । नेपालका बाल गायकद्वय प्रितम आचार्य र आयूष केसी अहिले भारतीय चर्चित गायन रियालिटी शोमा आफ्नो जादू छरिरहेका छन् । यि दुईको चर्चा अहिले नेपाल र भारतमा मात्र नभइ विश्वभर चुलिइरहेको छ ।उनीहरु ‘जीटिभी’ बाट प्रशारण हुने गायन रियालिटि कार्यक्रम ‘सारेगमप’ को टप ९ मा पुगेका छन्।
आइतबार राती भएको कार्यक्रममा उनीहरु टप ९ मा छानिएका हुन्। फ्रेब्रुअरी ९ बाट सुरु भएको सो प्रतिस्पर्धामा विभिन्न चरणहरु पार गर्दै उनीहरु अहिले टप ९ सम्म पुग्न सफल भएका हुन् । १६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु यो कार्यक्रममा सहभागी छन्।
यो वर्ष प्रितम आचार्य र आयुष केसी सहित नेपालबाट ८ जना सहभागी भएका थिए। जसमध्य १२ वर्षका आयुष र ११ वर्षका प्रितममात्र कार्यक्रममा सहभागी हुन पाएका थिए । उनीहरुको गायनकला देखेर बलिउडका चर्चित हस्तीहरुले पनि प्रशंसा गरेका थिए ।




