भारतले नेपाली भुमीमा सिधै हस्तक्षेप गर्ने क्रम सुरु भएको छ । कञ्चनपुरको पुनर्बासमा भारतस“ग सीमा जोडिएको नेपाली भू—भाग भारतीय पक्षले बलपूर्वक मिच्न खोजेको हो । नेपाली भुमी मिच्न खेजेपछि भएको झडपमा भारतीय सीमा सुरक्षा बलका अधिकारीले प्रहार गरेको गोली लागेर स्थानीय नागरिक गोविन्द गौतमको मृत्यु भएपछिको तनाव अझै पुरै साम्य हुन सकिरहेको छैन् । नेपाली भुमीमा दिनदहाडै एसएसबीको बलमिच्या“ईको सर्वत्र विरोध भइरहेको छ ।

घटनाको विरोधमा भएको प्रदर्शनका क्रममा पनि भारतीय पक्षबाट अश्रुग्यास र हवाई फायर हुदा“सम्म पनि सरकारले त्यति गाम्भिर्यता देखाएको देखिएन । काठमाडौंस्थित भारतीय दूतावासका कार्यबाहक राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर कूटनीतिक नोटमार्फत आफ्नो विरोध प्रस्तुत त ग¥यो । तर, त्यो भन्दा बढि देखाउनु पर्ने तदारुकता देखाउन सकेन । दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय परराष्ट्र मन्त्रालयमा गएर नेपालको विरोध दर्ज गरे ।

भारतले उक्त घटनामा आफ्नो जिम्मेवारी स्वीकार गरेर माफी नमागेको भन्दै संसदमा सांसदहरूले भारतको विरोध गर्दै सरकारलाई कडा कदम चाल्न दबाब दिइरहेका छन् । यो प्रकरणपछि नेपालमा गत वर्ष भारतले लगाएको नाकाबन्दीको सम्झना ताजा मात्रै भएको छैन, मानिसहरू भारतको नियतमाथि प्रश्न गरिरहेका छन् ।

अझ काठमाडौंस्थित भारतीय दूतावासले आफ्नो प्रहरीले गोली नचलाएको भन्दै दिएको वक्तव्यले भारतप्रति नेपालीहरूमा थप घृणा उत्पन्न भएको छ । दीर्घकालीन रूपमा यही घटनाले दुई देशको सम्बन्धलाई त प्रभावित पार्छ नै त्यो संगै नेपालीहरूमा पर्ने मनोवैज्ञानिक प्रभावसमेत लामो समयसम्म देखिनेछ ।

एक—अर्काका सीमालाई स्वीकार गरेर र सार्वभौमसत्ताको सम्मान गरेर नै सभ्य समाजमा शान्ति र परस्पर विश्वासको भाव निर्माण हुन्छ । सिद्धान्तमा स्वीकार गरे पनि नेपाललाई हेप्ने र यताका नागरिकसँग हेलाहोचोको व्यवहार गर्ने परम्परा र संस्कृति नै भारतमा हुर्केको छ । राष्ट्रको नीतिलाई भारतीय सीमा सुरक्षा बलका सिपाहीहरूले त ग्रहण गर्ने नै भए ।

केही वर्षयता भारतले नेपालमाथि देखाइरहेको रवैयाले त्यही सिकाएको छ । यही मानसिकता नेपालको संविधानलाई नोटमा लिने भारतीय वक्तव्य, गत वर्षको नाकाबन्दी र अहिले पुनर्बासको गोलीकाण्डमा अभिव्यक्त भएका हुन् भन्ने प्रस्टै छ । यो आपत्तिजनक व्यवहार भत्र्सनायोग्य छ । त्यसमा सरकारले ध्यान पु¥याउनु आवश्यक छ । तत्काल भारत सरकारले यो घटनाप्रतिको जिम्मेवारी लिंदै नेपाली जनतासमक्ष माफी माग्ने र दोषीमाथि कारबाही तथा पीडित पक्षलाई उचित क्षतिपूर्ति दिएर मात्र यो चोटको उपचार हुन सक्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah