धरान उपमहानगरपालिका–१९ मा दुई युवा समूह बीच झडप हुँदा स्थानीय भक्त राईको मृत्यु भएको छ । धरान स्थित उपमहानगरपलिका–१९ मा सामान्य विषयलाई लिएर दुई युवा समूह बीच झडप भएको प्रहरी बताएको छ । दुई युवा समूहबीचको तनावलाई नियन्त्रणमा लिन प्रहरीले केही युवालाई नियन्त्रण लिएको छ । झडममा स्थानीय भक्त राईको ज्यान गएको छ ।



