काठमाडौं । आज सोमबार सुनको भाउ ह्वात्तै घटेको छ। हिजो आईतबार ६० हजार रुपैयाँमा किनबेच भएको सुन आज ५९ हजार ५ सय रुपैयाँमा झरेको हो । अघिल्लो साता सुनको भाउ ६१ हजारसम्म पुगेको थियो।
आज तेजावी सुनको मूल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि तेजावी सुनको मूल्य ५९ हजार ७ सय रुपैयाँ रहेको थियो।
आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदीको मूल्य प्रतितोला ७०५ रुपैयाँ रहेको छ। आईतबार चाँदीको भाउ ७१० रुपैयाँ रहेको थियो।
काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।



