काठमाडौं। एक प्रचलित लोक कथाका अनुसार कुनै गाउँमा चार जना ब्राम्हण साथी बस्थे। एक दिन चारै जनाले आफूहरुले कुनै शिक्षा सिक्नु पर्ने सोच बनाए। त्यसपछि उनीहरु चारै जना अलग अलग दिशामा ज्ञान प्राप्त गर्न निस्किए। उनीहरुले पाँच वर्षपछि यही ठाउँमा फेरि फर्किएर आउने तय गरेका थिए।

 

पाँच वर्षपछि चारै जना साथी गाउँ बाहिर आएर भेट गरे। चारै जना त्यहाँबाट जंगलको बाटो हुँदै आफ्नो गाउँतर्फ अगाडि बढे। बाटोमा उनीहरुले एउटा सिंहका हड्डी देखे।

 

सो हड्डी देखेपछि एक ब्राम्हणले भने, ‘म आफ्नो सिद्धीले यो हड्डीलाई जोडेर सिंहको ढाँचा बनाउन सक्छु।’ उनले तत्काल हड्डी जोडेर सिंहको आकृति बनाए। अर्का ब्राम्हणले उक्त हड्डीको आकृतिमामा छाला, मासु र रगत भरिदिए। अर्का ब्राम्हणले आफ्नो विद्याको सिद्धीले सिंहको शरीर बनाए।

 

अब उक्त सिंह प्राण विनाको बन्यो। अर्का ब्राह्मणले भने, ‘म आफ्नो विद्याबाट यसमा प्राण भर्न सक्छु।’ यो सुन्ने वित्तिकै चौथो ब्राम्हणले भने, ‘त्यसो नगर यो मुर्खता हुन्छ। सिंह जिबित भयो भने यसले हामीलाई खान्छ।’

 

चौथो ब्राम्हणले भने, ‘तिमीहरु तीन जनाले आफ्नो विद्याको प्रदर्शन गरेका छौ अब मपनि गर्छु।’ यसो भनेर उनले मन्त्र उच्चारण गर्न सुरु गरे। चौथो ब्राम्हण दौडेर रुखमा चढे। केही समयपछि सिंहको शरीरमा प्राण आयो। सिंह निकै भोकाएको थियो। सिंहले तीन जना ब्राम्हणलाई आफ्नो शिकार बनायो।

 

चौथो ब्रम्हाण रुखमा चढेका कारण बाच्न सफल भए। यो कथालको शिक्षा के हो भने आफ्नो शिक्षा या ज्ञान गलत ठाउँमा प्रयोग गर्न हुँदैन। गलत ठाउँमा यसको उपयोग गरियो भने समस्या झन बढ्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah