महेश सिंह महतो, लहान, ७ जेठ: प्रेम भूमरीमा अधारित ‘मन्द—मन्द’ नामक नेपाली चलचित्रको छायाँकन अन्तिम चरणमा पुगेको छ । बैशाखको तेस्रो साताबाट सुटिँग शुरु भएको उक्त चलचित्रका मुख्य नायिका कसिस दाहाल सस्पेन्स कथासँग हराइएकी छीन् ।

सुटिँगको लागि कडा मेहनत गर्देछु चलचित्रकि सस्पेन्स नायिका कसिस दाहालले भनिन।‘अनुशासनलाई आत्मसात् गर्दै काम गरिरहेको छु ।’ ‘यसले नेपाली चलचित्रमा नयाँ आयाम थप्ने सम्भावना बढेको छ उनले भनिन ।’
नेपाली चलचित्रउद्योगमा ठूलो लगानीमा निर्माण भइरहेको यो चलचित्रले दर्शकलाई हँलसम्म तान्ने रौचक ढँगले कथा वस्तुलाई निर्देशक तथा प्राविधिकहरुले जीवन्त उतार्न कसिएका छन् ।
चलचित्र क्षेत्रका अनुभवी निर्देशक राजबहादुर सानेले विशेष महत्व दिएर सस्पेन्स कथाका चलचित्र ‘मन्द–मन्द’ निर्माणमा लागेका छन् ।
बैशाखको तेस्रो साताबाट सुटिँग शुरु भएको यस चलचित्रका मुख्य नायिका कसिस दहाल सस्पेन्स कथासँग हराइरहेकी छिन । निर्देशक सानेकै कथामा आधारित भएर बन्ने फिल्ममा विनय श्रेष्ठ, प्रमोद अग्रहरि र रविन्द्र झा सुटिँगमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
रुद्राक्ष फिल्मस् को ब्यानरमा निर्माण भइरहेको सो चलचित्रको कार्यकारी निर्मातामा रुद्र खनाल छन् । टेकराज रेग्मी र कमल गिरी निर्माता रहेको फिल्मको छायांकन काठमाडौं, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट, जुम्ला र मुगुमा भइरहेको छ भने दिब्यराज सुबेदीले फिल्म खिच्नेछन् । फिल्मका गीतको कोरियोग्राफर रामजी लामीछाने गरिरहेको छ ।



