
नेपाली काँग्रेस दमकका युवा नेता भूमिराज राइले स्थानीय तहको निर्वाचनमा दमकबाट आफ्नो मेयरको उम्मेदवारीमा दाबी रहने पुन दोर्याएकाछन् । उनले सवाल नेपाल मार्फत पछिल्लो पटक वडाध्यक्षमा नाम राखेको भन्दै त्यस्तो नभएर आफू मेयरको नै दाबेदार रहेको बताएकाहुन् । उनले भने–‘मैले पहिला नै घोषणा गरेसकेको छु यसकारण म मेयरको उम्मेदवार हुँ ।’ आफू काँग्रेसमा निरन्तर अढाइ दशकअघिदेखि बिभिन्न कमिटिमा रहेर काम गरेको जनाउदै अब मेयरका लागि योग्य भएको उनको भनाइ रहेको थियो । क्रियाशिल कार्यकर्ताहरुमाझ गएर उम्मेदवार छान्ने भए त्यो पनि स्वीकार गर्ने बताउदै उनिहरुले अरुलाइ छानेमा त्यो स्वीकार गर्न तयार रहेको उनले जनाए । उनले भने–‘म मेयरका लागि योग्य छु र त्यसैले मेरो उम्मेदवारीको दाबी पार्टीभित्र रहने छ ।’
भिडियो पुरानो घोषणा फायलबाट
https://youtu.be/oafoMBqgwbM



