काठमाडौं। एक प्रचलित लोक कथाका अनुसार प्राचीन समयमा गाउँका एक गरिव किसानले जमिनदारको खेतमा अंगुरको विरुवा रोपे। ती किसानले आफूले रोपेको विरुवाको दैनिक रेखदेख गर्थे। बेला बेलामा मल र पानी दिन्थे।
केही समयपछि अंगुरको लहरो ठूलो भयो र त्यसमा फल लाग्न थाल्यो। गरिव र सोझो किसानले आफूले अंगुर फल्न थालेपछि अंगुर आफूले रोपेपनि खेत त जमिन्दारको हो र यो फलमा उनको पनि अधिकार छ भन्दै दैनिक केही अंगुर जमिनदारलाई लिन थाले।
दैनिक थोरै अंगुर पाइरहेका जमिनदारले अंगुर आफ्नो खेतमा रोपेका कारण त्यहाँ फलेका सम्पूण अंगुरमाथि आफ्नो हक हुनुपर्ने सोच्न थाले। ती जमिन्दारको मनमा लोभ उत्पन्न भयो र आफ्नो नोकरलाई भनेर खेतमा रोपेको अंगुरको बोट आफ्नो करेसा बारीमा ल्याएर रोपे। विचार किसानले विरोध गर्न सकेनन्। किनभने खेत जमिनदारको थियो।
जमिनदारले आफ्नो नोकरलाई उक्त अंगुरको बोटको रेखदेख गर्ने जिम्मा दिए। नोकरले अंगुरको बोटमा दैनिक मल र पानी पनि दिन्थे। धेरै मेहनत गरे। तर अंगुरको बोट विस्तारै सुक्न थाल्यो। अंगुरको बोट किन सुक्यो भन्ने विषयमा जमिनदारले केही थाहा पाउन सकेका थिएनन्। एक दिन
अंगुरको बोट पूरै सुक्यो। यो कथाले के शिक्षा दिन्छ भने हामीलाई जति प्राप्त भएको छ त्यसमा सन्तुष्ट हुनुपर्छ। धेरै पाउने लोभमा नोक्सानमात्र हुन्छ। त्यसकारण धेरै लोभ गर्नु हुँदैन।



