राप्रपाले निर्वाचन आयोग बिरुद्ध गरेको प्रदर्शनको क्रममा राप्रपाका नेता कार्यकर्ता र प्रहरीबीच राजधानीमा भिडन्त भएको छ । प्रहरीले बल प्रयोग गरेर राप्रपाको र्यालीलाइ तितर बितर बनाउने क्रममा एकदर्जन भन्दा बढि राप्रपाका नेता कार्यकर्ताहरु घाइते भएकाछन् । राप्रपाका नेता पशुपति शम्शेर सहित घाइते बनेका हुन् । जमलमा भएकाे प्रहरीसँगको झडपमा परि राप्रपाका पूर्व अध्यक्ष तथा बरिष्ठ नेता पशुपति सम्शेर राणा घाइते भएका छन्। जुलुसको नेतृत्व गरी जमल चोकबाट निर्वाचन आयोगतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप उनि घाइते भएका हुन ।
राणाले पार्टी विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हटाएको विरोधमा धर्ना दिन गएको जुलुसको नेतृत्व गरेका थिए । राप्रपा कार्यकर्ता जमल चोकदेखि आयोग कार्यालय रहेको बहादुर भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा प्रहरीले बल प्रयोग गर्दा राणा भाइते हुन पुगेका हुन्।
राप्रपा कार्यकर्तालाई नियन्त्रण गर्न प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको थियो। प्रहरीसँगको झडपका कारण जमल तनावग्रस्त बनेको थियो। निर्वाचन आयोगले संविधानको व्यवस्था देखाएर राप्रपाको पार्टी उद्देश्य खारेज गरेको विरुद्ध सत्तारुढ दल राप्रपाले विरोध जनाएको हो।
संविधानमा रहेको राजनीतिक दलसम्बन्धी व्यवस्थामा कुनै राजनीतिक दलको नाम, उद्देश्य, चिन्ह वा झन्डा देशको धार्मिक वा साम्प्रदायिक एकातामा खलल पार्ने वा देशलाई विखण्डित गर्ने प्रकृतिको रहेछ भने भने त्यस्तो दल दर्ता हुने छैन भन्ने व्यहोरा उल्लेख छ। संविधानको सो व्यवस्थाअनुसार आयोगले राप्रपा विधानबाट ‘हिन्दू राष्ट्र र राजतन्त्र…’ हटाएको थियो।



