धरान, ७ चैत्र / मौसम परिवर्तनसंगै धनकुटाको भेडेटारका डाडाहरु साेमबार असिनापनिले सेताम्मे भएका छन । दिउँसो १ बजे देखि पर्न थालेको असिना पानीले भेडेटार आसपासका डाँडाहरु सेताम्मे भएका छन् भने केहि क्षण सडकनै अवरुद्ध बनेको थियाे । होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष लिलाराज लावतीका अनुसार भेडेटारमा डेड फिट सम्म असिना थुप्रेको छ ।
भेटेडारमा यसरी असिना परेको पहिलो पटक भएको जानकारहरू बताउछन् ।जल तथा मौसम बिज्ञान बिभागले भोली सम्म असिना पानी पर्न सक्ने पुर्वानुमान गरेको छ ।अहिले भेडेटारमा असिना खेल्नेहरूको भिड बढ्रन थालेको छ । असिनापानी परेपछि भेडाटारमा अत्याधिक जाडो बढेको छ भने धरानमा चिसो बढेको छ ।



