काठमाडौँ | गायक दिपेन्द्र राई र सुनिता थेगिमको स्वरमा रहेको ‘बेल्टार बजार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। भिडियो पुर्वाञ्चल म्युजिक डटकम नामको यु ट्युव च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियो सुनकोशी नदीको किनार, उदयपुरको रानीटार गाउँ, बेल्टार बजारमा छायांकन गरिएको हो। भिडियोमा सयौबर्ष अगाडी निर्माण भएको उदयपुरको चौडन्दिगढी दरबार लाई कैद गरिएको छ। स्थानिय बासिन्दाहरुलाई समेत थाहा नभएको दरबारको आकार समेत ड्रोन क्यामेराको माध्यमबाट भिडियोमा समावेश गरिएको छ।

 

दरबारको आकार हेर्दा सयौ बर्ष अगाडि निर्माण गरिएपनि बैज्ञानिक ढंगबाट निर्माण गरिएको अनुमान गर्न सकिन्छ। दरबारका सबै झ्यालबाट प्रकाशको छिथ्र्यो भन्ने स्थानीयको कथन रहेको पाईन्छ।

 

उदयपुर जिल्लाको ऐतिहासिक तथा धार्मिक महत्वको चौदण्डीगढी दरबार, सुनकोशी नदीलगायतको पर्यटकीय स्थलहरुलाई भिडियोमा देख्न सक्नु हुनेछ ।‘बेल्टार बजार, दुई दिने गिन्दगीमा लानु के छ र’ बोलको पूर्वेली लोक गीतमा भुइँदल अल्लारेको उत्कृष्ट शब्द र रुद्र श्रेष्ठको सुमधुर संगीतमा रहेको गीतमा कुन्दन राईले एरेन्ज गरेका छन् ।

 

गीतको म्यूजिक भिडियोमा दिपेन्द्र राई र रेणु बान्तवा राईलाई फिचरिङ गरिएको छ भने रुद्र श्रेष्ठ, रक्षक राई, कैलाश राई,अमर राई,गीतकार भुइदल अल्लारे र अन्य कलाकार हरुलाई देख्न सकिन्छ भिडियोलाई रुद्र श्रेष्ठले निर्देशन गरेका हुन् भने ग्यालरी मिडियाले यूनिट र शिर कुमार साङ्पाङ्गले छायांकन गरेका हुन् ।शिर कुमार साङ्पाङ्ग र बसन्त राईको सम्पादन रहेको छ ।लोक लयको गीत भएकाले रोजगारको सिलसिलामा विदेश भूमिमा पसिना बगाई रहेका नेपालीहरुको रोजाईमा पर्ने गायक दिपेन्द्रको दावी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah