बिष्णुप्रसाद पोखरेल

पुर्व पश्चिम राजमार्गको झापा खण्ड र झापाका साहयक राजमार्गहरुमा जथाभाबी रुपमा सडकसंग अनुमति नलिई सडक जोड्ने कार्य भइरहेका करण अहिले दूर्घटनाहरु बढ्ने गरेको पाईएको छ । सार्वजनिक सडक ऐन २०३१ बमोजिमको कानून पालना गराउन नसक्दा यस्तो भएको पाईएको हो ।

पूर्वपश्चिम राजमार्गको झापा खण्ड, पाडाजुङी देखि गौरीगञ्ज जोडने सडक,मेची राजमार्गको झापा खण्ड, बिर्तामोड देखि शनिश्चरे हँुदै बुधबारे जोड्ने सडक, दमक देखि बेलडाँगी जोड्ने सडक र बिर्तामोड देखि सदरमुकाम चन्द्रगढी जोड्ने सडकमा प्लटिङ गर्ने ब्यवसायिहरुले सोझै अनुमति नलिई बाटो खोल्दै आएको पाइन्छ ।

सडक बिभाग वा सडक बिभाग अन्र्तगतको कार्यालयको स्वीकृत प्राप्त नगरी सार्वजनिक सडक सिमा भित्र केही गर्न नपाईने कानूनमा उल्लेख छ । सडक कार्यालय र सरोकारवाला निकायहरुको ध्यान नजादा प्लटिङ ब्यवसाय गर्नेहरुले झापामा मात्र पाँचसय भन्दा बढी स्थानमा यसरी नियम उल्ङ्घन गरेको जनाईएको छ । जथाभाबी रुपमा राजमार्ग र साहयक मार्गमा ल्याएर शाखा बाटोहरु जोड्दा दूर्घटना बढेको र सडकको आयू समेत घटेको पाइन्छ ।

सडक डिभिजन कार्यालय दमकका अनुसार एकपटक झापाका राजमार्ग र साहायक मार्गमा पर्ने गाबिस र नगरपालिकाहरुलाई पत्र लेखेर त्यस्तो कार्यको अनुमगन गरेर नियण्त्रणका लागि सहयोग गर्नका लागि पत्रचार गरीएको थियो । तर यो औपचारिकतामा नै सिमित भएको छ ।

यसरी नियम उल्ङ्घन गरेर के कति शाखा सडकहरु खोलिएका छन् भन्ने सडक कार्यालयसंग तथ्याङ्क छैन । सडक बिभागले नियम पालना नगर्ने र उलङ्घन गर्नेलाई सडक ऐन २०३१ बमोजिम सडक बिभागले कुनै काम कारवाही गर्दा बाधा बिरोध गरेमा एक बर्षसम्म कैद वा पाँच हजार रुपैया जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah