काठमाडौं । चर्चित नारीवादी लेखक तसलिमा नसरिन नेपाल अाएकी छन् । महिला सम्बन्धि एक कार्यक्रममा सहभागी हुन नेपाल अाएकी तसलिमाले पुरुषवादी सोँचलाई नत्यागेसम्म एक- दुई महिलाहरु राष्ट्रपति, प्रधानमन्त्री, सभामुख वा शक्तिकेन्द्रमा पुग्दा पनि महिलामा परिवर्न नअाउने बताएकी छन् ।
एक सञ्चारमाध्यमलाई अन्तरवार्ता दिँदै तसलिमाले भनिन्, “मन–मस्तिष्कमा ‘पुरुषवादी समाज’को चित्र (माइन्ड–सेट) लिएर के परिवर्तनको अपेक्षा गर्नु ?” उनले घुमाउरो रुपमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्ती पुरुषवादी समाजकै चित्र बोकिरहेकाले महिलाको परिवर्तनमा गुणात्मक परिवर्तन नभएको बताइन् ।
अन्तरवार्ताको क्रममा तसलिमाले महिलाको परिवर्तन महिलाबाट मात्र हुने नभएर महिलाको परिवर्तन हुनुपर्छ भन्ने पुरुषबाट पनि हुने बताउछन् । “परिवर्तनका लागि वैचारिक प्रतिबद्धता चाहिने रहेछ । यस्तो प्रतिबद्धता महिलामै हुनुपर्छ भन्ने केही छैन, पुरुषमै भए पनि काफी छ” उनले भनिन् । लिङ्ग भनेको सोचाइ र विचारको संयोजन मात्र भएको बताएको छन् ।
स्वतन्त्र विचार राखेकै कारण बंगलादेशबाट लखेटिएकी तसलिमाले भूगोलको सीमा र धर्मबारे पनि फरक धारणा छन् । उनी भूगोलको सीमा हुन नहुने भन्दै मानिसहरुले स्वतन्त्र हिटडुल गर्न पाउने पर्ने बताउछन् । त्यस्तै तसलिमा कुनै धर्ममा विश्वास गर्दिनन् । तर कसैले मानेको धर्मको बचावट गर्छन् । “म कुनै धर्ममा विश्वास गर्दिनँ । धार्मिक स्वतन्त्रतामा विश्वास गर्छु । यदि तपार्इं कुनै धर्ममा विश्वास गर्नुहुन्छ भने म त्यसको बचावटमा लाग्छु, तपाईंले मानेको धर्मको ‘आइडोलोजी’ लाई नमानेरै पनि म विश्वासको बचावटमा लाग्छु” तसलिमा भन्छिन् ।



