चलचित्र ‘चौका दाउ’को आइटम गीत ‘मेरो माया कतारमा’सार्वजनिक भएको छ ।

पुर्नेन्दु झाको निर्देशनमा बनेको चलचित्र ‘चौका दाउ’को आइटम गीत‘मेरो माया कतारमा’ बोलको गीत मा चर्चित गायक एवं संगीतकार शम्भुजित बाँस्कोटा र गायिका सुमन गुरुङको स्वरमा सजिएको छ ।
यस गितमा गायक शम्भुजितकै संगीत तथा श्रीपुरुष ढकालको शव्द रहेको यस गीतमा हट नायिका सोनिका केसीको नृत्य रहेको छ । यस चलचित्रमा सन्तोष पन्त, तैयाब शाह, विल्सन विक्रम राई, रविन्द्र झा, वर्षा राउत, निर्मल शर्मालगायतको अभिनय रहेको छ ।



