भर्खरै मात्र फ्रान्समा आयोजना भएको कान्स फिल्म फेस्टिवलमा नायिका प्रियंका कार्की सहभागी भएर आईन् । उनको कान्समा भएको सहभागीतापछि धेरैले उनी कान्समा जाने पहिलो व्यक्ति भएको भन्दै प्रचार पनि भयो ।

सोही कारण पनि अधिकांशले प्रियंकालाई बधाई दिए भने कान्समा प्रियंकाको प्रस्तुतीलाई लिएर धेरैले चासो र कौतुहल्ता समेत देखाएका थिए । यता पहिलो तेस्रोलिंगी मोडल अञ्जली लामाले भने उक्त कुराको खण्डन गरेकीछिन् । उनले कान्सको रेड कार्पेटमा हिड्ने आफु नै पहिलो नेपाली भएको बतााएकीछिन् ।
उनले कान्समा प्रियंकाको सहभागीतालाई लिएर खुसी व्यक्त गरे पनि आफु सन् २०१८ मा गएको बताईन् । त्यसो भए प्रियंका कार्कीको दाबी झुटो हो ? यस प्रश्नमा उनले प्रियंका कसरी कान्स गईन् भन्ने बारेमा थाहा नभएको तर रेड कार्पेटमा क्याटवाक गर्ने पहिलो नेपाली आफु नै भएको दोहो¥याईन् । त्यसो त उनी भारतीय मोडलको रुपमा उनी कान्स पुगेको दाबी गरिएको थियो ।
सोही कारण कतिपयले अञ्जलीले कान्समा नेपाललाई नभई भारतलाई रिप्रिजेन्ट गरेको भन्दै सामाजिक सञ्जालमा बहष गरेका थिए । संचार पाटि बाट साभार



