‘नेपाली महिलाहरुको छाला तस्करी’ भन्ने समाचारले गत साता विश्वभर तहल्का मच्चायो । मार्च ६ मा भारतीय अनलाइन ‘युथ कि आवाज’ले नेपाली महिलाहरुले कसरी समृद्ध र धनी भारतीयहरुलाई सुन्दर देखाउन आफ्नो छाला बेच्ने गरेका छन् भन्ने बिषयमा फिचर लेख्यो ।
कस्मेटिक सर्जरी उद्योगमा आजभोलि आफूलाई आफ्नो शरिरको अंग कस्तो रंगमा, कुन रुपमा, कुन साइजमा चाहिने हो सोही बमोजिम बनाउन पाइन्छ । यसका लागि मात्र खाँचो छ, पानी झैं बगाइने पैसाको । तर वास्तवमै कस्मेटिक सर्जरी इण्डष्ट्रि पैसाले मात्रै धानेको छ त ? वास्तवमा होइन । कस्मेटिक इण्डष्ट्रिको पछाडी कैंयन् छालाहरु छन् र ती छालाहरु पछाडी धेरै नेपाली महिलाहरु !
जब भारतीय समाचार अनलाइन युथ की आवाज (भोइस अफ युथ) ले अनुसन्धानात्मक लेख लेखेपछि नेपाली महिलाहरुले २० बर्गइन्च छालालाई १ सय ५० डलरमा बेच्ने गरेको लेख्यो, त्यसपछि संसारको ध्यान यसतर्फ आकर्षित बन्यो । रोयटर्स लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि छाला तस्करीको बारेमा लेख्यो । नेपाली महिलाहरुले बेचेको अथवा उनीहरुबाट जबरजस्ती चोरिएको छाला कस्मेटिक इण्डष्ट्रिमा प्लाष्टिक सर्जरीका लागि प्रयोग गरिन्छ ।
महिला बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले नेपाली महिलाको छाला तस्करीको बारेमा आफूलाई जानकारी नभएको बताउनुभयो । सरकारी तवरबाट यसविषयमा छानबिन गर्ने र दोषीमाथि कडाभन्दा कडा कारवाही गरिने उहाँले आश्वासन दिनुभएको छ ।
गरिब नेपाली समुदायमा महिलाहरु बेचिने, गरिबीले गर्दा मानिसहरुले आफ्नो अंग बेच्न बाध्य हुँदै आएको नेपालमा पछिल्लो समय छाला तस्करीको नयाँ तथ्य बाहिर आएको छ । ‘युथ कि आवाज’को प्रतिवेदनको भावानुवाद । सोमा बसु । ३ वर्ष पहिले सुशीला थापा मुम्बईको बेश्यालयबाट केही गरी भागिन् र नेपालको आफ्नो गाउँ फिर्ता भइन् । सुशीलाको पिठ्युँमा घाउको एक दाग थियो, तर सुशीलाको लागि घाउभन्दा बढी महत्वपूर्ण थियो आफ्नो देश, आफ्ना् घर पुग्नु, त्यो पनि सकुशल, जिउँदो । एकवर्षभित्रै उनले आफ्नो जस्तै घाउ भएकी महिला देखिन् । सुशीलालाई अहिलेसम्म यस घाउको बारेमा यतिसम्म थाहा भैसकेको थियो कि आफ्नो शरिरहेको घाउ कुनै क्लाइन्टको ‘फेन्टासी’ नभई कुनै ठूलो षड्यन्त्रको चिन्ह हो भनेर ।
सुशीलाले त्यसपछि यससम्वन्धी खोजीनिती गर्दा आफ्नो त्वचा कुनै धनी व्यक्तिलाई सुन्दर बनाउन चोरी गरिएको पत्ता लगाइन् । सुशीला वेश्यालयबाट फर्किएकीले उनलाई आफ्नै गाउँ सिन्धुपाल्चोकमा बस्न दिइएन । कुनै एजेन्टको सहारामा सुशीला काठमाडौंको ठमेलमा मसाज पार्लरमा काम गर्न थालिन् । पहिलो ३ महिनाको कमाई एजेन्टले नै लियो । उनलाई अरुभन्दा पनि यदी पिठ्युँमा छाला चोरिंदाको घाउको दाग नभएको भए अझै धेरै कमाउँथें भन्ने लागिरह्यो ।
सुशीलाका ग्राहकमध्ये प्राय दक्षिण एशियाका हुन्थे । यदी उनले उनीहरुलाई सुरक्षाको अस्थायी साधन अपनाउनका लागि आग्रह गरिन् भने उनले पाउने ५ सय रुपैंया पनि नपाउने खतरा थियो, किनकी उनको पिठ्युँमा घाउको दाग थियो । जबकी उनीसँगै काम गर्ने अन्य महिलाहरुले ५ हजार सम्म कमाउथे । यस्ता मसाज पार्लरमा ब्युटी मसाजको पनि सुविधा हुने हुनाले म (सोमा बसु) पनि बडी समाज गराउन गएँ । थापालाई मसँग एउटा क्युबिकलमा पठाइयो । मसाजका दौरान उनीसँग बलिउड देखि अनेक कुरा गरेपछि आफू कुन कामका लागि आएको हो त्यो बताएँ । पहिले त उनी कुरा गर्न मािनन् तर पछि मेरो स्वार्थी कुरा गर्ने शैली देखेपछि उनले आफ्नो घाउ देखाउँदै सबै कहानी बताइन् । हामीबीचको कुरा सुनेर कसैले पार्लरकी साहूनीलाई बताइदिईसकेछ, त्यसपछि उनी आएर हाम्रो वार्तालाप तत्काल रोकिदिइन् । तर सुशीलाले त्यतिबेलासम्म बताएका कुराहरुले अनुसन्धानको गहिराइसम्म पु¥याउन मलाई निकै सहयोग पु¥यायो । ‘काठमाडौं’ भारतका लागि लस भेगास ? काठमाडौंको ठमेलको सडकमा राति ९ बजेपछि जे पनि किन्न पाइन्छ । ठमेलको कार, रेष्टुराँ, पब्सबाट आएका चमकदमकपूर्ण बत्ती र संगीत भारतीय पुरुषका लागि मिनी लस भेगस अथवा एम्स्टर्डमको झलक दिन्छ ।
बाटोमा हिंडीरहेकाहरुलाई बाटैमा बसेका दलालहरुले नाइट क्लबको सुविधाको लाभ उठाउन निमन्त्रणा दिइरहेका हुन्छन् । आफ्ना केही पुरुष साथीहरुकोम सहयोगमा ठमेलका केही बारमा राति ११ बजेपछि गएँ । मैले एक दलाललाई आफ्नो आफन्तका लागि स्कीन किन्न पाइन्छ भनेर सोध्दा ५० हजार डाउनपेमेन्ट गरेमा उपलब्ध हुनसक्ने बताए । त्यसपछि दलालले छालाको रंग म्याच गर्न आफन्तको फोटो मागे । त्यसपछि ब्लड ग्रुप र मेडिकल डकुमेन्ट पनि मागे, जसले गर्दा उसलाई विश्वास होस् की म सक्कली खरिददार हुँ । मैले उसलाई एक नक्कली विवरण र हुँदै नभएको आफन्तको नाम दिएँ । त्यसको २ दिनपछि एजेन्टले मलाई फोन गरेर स्किन स्याम्पल तयार भएको भन्दै अग्रभुक्तानीका लागि आग्रह गरे । दलालको भनाई काभ्रेपलाञ्चोक जिल्लाको जिल्ला कारागारमा जेल जीवन बिताइरहेका ४० वर्षीय दलाल प्रेम बजगाई बताउँछन् – ‘छालाको धेरै माग छ । १०० बर्गइन्च गोरो छालाको टुक्रालाई ५० हजार देखि १ लाख सम्ममा बिक्रि हुन्छ । कुनै एक एजेन्टले महिलाहरुलाई नेपाल–भारत सिमाना सम्म लैजान्छ । सिमानामा अर्काे एजेन्टले महिलाहरुलाई भारत लैजान्छ र अर्को एजेन्टलाई सुम्पिन्छ । तेश्रो एजेन्टले नै छाला निकाल्ने सम्पूर्ण प्रकृया पुरा गर्छ । महिलाहरुलाई लिखित रुपमा आफ्नो छाला स्वेच्छाले दान गरेको लेख्न लगाई हस्ताक्षर गराइन्छ । ’ प्रेम बजगाईलाई प्रहरीले १ वर्ष अगाडी मृगौला तस्करीको आरोपमा गिरफ्तार गरेको थियो ।
मानव अंगको तस्करी नेपालमा अपराध हो । भारतमा पनि ट्रान्सप्लान्टेसन अफ ह्युमन अर्गन्स एण्ड टिस्युज रुल्स २०१४ अनुसार मानव अंग बेच्नु गैर कानूनी छ । कानुनअनुसार दाताका सहमतिमा मात्रै यसो गर्न पाइन्छ । तर नेपाल र भारतको हकमा फर्जी विवरण बनाउन गाह्रो नहुनाले पनि यस्ता काम सजिलै हुने गरेको पाइन्छ । भारतको वेश्यालय हुन् मुख्य छाला तस्करीको जड मृगौला बेचिएपछि मुम्बई र कोलकाताको वेश्यालयमा पठाइएकी रेखा बताउँछिन् – ‘हामीले यस्तो ठाउँ देखेका छौं शरिरको भोक भन्दा जिन्दगीको मूल्य कम छ ।’ बेश्यालयमा शरिरबाट छाला निकाल्नु पहिले महिलाहरुलाई लागूऔषध खुवाइन्छ । महिलाहरुलाई पत्तो पनि हुँदैन कि उनीहरुको छाला निकालिएको छ । थाहा पाएपनि पत्ता लाग्दैन कि छाला कुन प्रयोजनाका लागि निकालियो । भारतमा कस्मेटिक सर्जरी इण्डष्ट्रिको चरम ताजा आँकडा अनुसार कस्मेटिक उद्योग १ सय १० मिलियन बराबरको छ । भारतबाट कच्चा सामान अमेरिका पठाइने र अमेरिकामा प्रोडक्ट तयार गरी फेरी भारतमै बेचिने त्वचाबाट बनेको प्राडक्ट बितरण गर्ने कर्मचारीले नाम नबताउने शर्तमा बताए । उनी भन्छन् – ‘सारा उद्योग यसैगरी चलेको छ ।’



