काठमाडौं । कुनै समय युट्युबको ट्रेन्डिङमा पर्नु नेपाली लोक तथा दोहोरी गीतलाई दिवा स्वप्ना जस्तै थियो । त्यसो त गएको असोज महिनासम्म कुनै पनि नेपाली लोक वा लोकदोहोरी गीतले युट्युबमा एक करोडको रेकर्ड बनाउन सकेका थिएनन् । त्यसमाथि ट्रेन्डिङमै पर्नु ठूलो चुनौति थियो ।

 

युट्युबको ट्रेन्डिङमा पर्न चलचित्रहरुका ट्रेलर वा चलचित्रका शीर्ष गीतहरुमा ठूलो खर्च गरिएको हुन्छ । अहिले पनि त्यो क्रम नेपालमा जारी नै छ । एकै दिनमा धेरै भ्युजको रेकर्ड, छोटो समयमा धेरै भ्युजको रेकर्ड, लामो समय युट्युब ट्रेन्डिङमा रहेको रेकर्ड, अनि ट्रेन्डिङमा नम्बर १ मा पर्ने रेकर्ड, टिकीरहने रेकर्ड । यस्ता विभिन्न चर्चाहरु हुने गर्दथे ।

 

 

यस्ता प्रतिस्पर्धाहरुमा नेपाली लोक तथा दोहोरी गीतहरु माथि आउन सकेका थिएनन् । लोक गीतहरुको पनि कमाईको मुख्य स्रोत युट्युब नै हुँदा पनि ट्रेन्डिङमा पर्न नसक्दा कमाईको दायरा निकै साँघुरो हुने गरेको थियो ।

तर पछिल्लो समय लोकगीतहरु पनि ट्रेन्डिङमा आउन थालेका थिए । तर पछिल्लो एक हप्ता भने ट्रेन्डिङमा आश्चर्यजनकरुपमा एउटा लोक दोहोरी गीतले कब्जा जमाएको छ ।

 

 

प्रकाश सपुतको ‘गलबन्दी’ बोलको गीत एक हप्तादेखि ट्रेन्डिङ नम्बर १ मा रहेको छ । यति लामो समयसम्म १ नम्बर ट्रेन्डिङमा रहिरहनु नेपाली ‘प्रोडक्ट’ लाई कठिन छ । पटक पटक १ नम्बरमा पुगेका नेपाली म्युजिक भिडियो वा चलचित्रका गीत वा चलचित्रका ट्रेलर पनि छोटो समयमा भारतीय सामग्रीहरुबाट विस्थापन भइरहेको पाइन्छ ।

यतिबेला त्यो क्रम पनि भंग भएको छ भने लोकगीतले आफ्ना धेरै रेकर्डहरु ब्रेक गरिएको छ । यसअघि सबैभन्दा पहिलो युट्युब ट्रेन्डिङमा पर्न सफल गीत बसन्त थापाको ‘सालको पात’ थियो । सो गीत हालसम्म करिब ४ करोड ४० लाखभन्दा धेरैले युट्युबमा हेरिसकेका छन् । त्यसबाहेक शिव हमालको ‘लालुमै’ गीत पनि राम्रै भ्युज पाएको गीत हो । सो गीतले डेढ करोड माथि भ्युज पाएको छ ।

 

 

र अन्य गीतको पनि अहिले भ्युज राम्रो भइरहेको छ ।

यसअघि ‘बोल माया’ गीतबाट राम्रो चर्चा कमाएका प्रकाश सपूतले त्यही गीतको भाग–२ स्वरुप गलबन्दी बजारमा ल्याएका हुन् । गलबन्दीको गति बोल माया भन्दा तिब्र रुपमा अघि बढेको छ । करिब १० दिनको अबधिमा ६६ लाखभन्दा बढी भ्युज गलबन्दीले पाएको छ । भ्युजको गति तिब्र रुपमा अघि बढेपछि गलबन्दी ट्रेन्डिङ नं. १ मा कायम रहन सफल भएको छ ।

 

नितान्त गाउँले परिवेश, परम्परागत शैली र भिडियो निर्माणमा देखिएको मौलिक पनले गीतलाई दर्शकले माया गरेका छन् । गाउँले परिवेशका ‘पुराना दिन’ याद गराउने प्रस्तुती शैलीले चर्चा पाएको छ ।

 

 

प्रकाशको गीतमा उनकै शब्द, लय र स्वर रहेको छ भने स्वरमा शान्ति श्री परियारले साथ दिएकी छन् । भिडियोमा अञ्जली अधिकारीलाई फिचरिङ गरिएको छ । उनको अभिनयको निकै प्रशंसा भइरहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah