अभिनेता भुवन केसीले विहे गरेका छन् । तर नझुकिनुस् अभिनेता भुवन केसीले वास्तविक जीवनमा अभिनेत्री रीमा विश्वकर्मासँग विवाह गरेका होइनन् । केही दिनदेखि नवलपरासीमा फिल्म ‘मिस्टर नेपाली’ को छायांकन भइरहेको छ ।

यस फिल्ममा अभिनेता भुवनको दोहोरो भूमिका छ । पिता र छोराको भूमिकामा उनी प्रस्तुत हुँदैछन् । उनको जोडीको रुपमा अभिनेत्री रीमा छिन् । बिहीवार फिल्मका लागि रीमा र भुवनको विवाहको दृष्य खिचिएको हो ।

दुईको रिल विवाहका लागि निर्माण टिमले आकर्षक मण्डप तयार गरेको छ । भने, भुवन र रीमा दुलहा–दुलहीको पहिरनमा निकै सुन्दर देखिएका छन् । विवाहको मण्डपमा दुईलाई निकै खुशी मुद्रामा देख्न सकिन्छ । उनीहरुले पहिलो पटक स्क्रिन साझेदारी गरेका हुन् । ‘मिस्टर नेपाली’ मा भुवन र रीमा श्रीमान–श्रीमतीको भूमिकामा देखिने प्राप्त तस्बिरबाट स्पष्ट हुन्छ ।

देव भुषालको डेब्यू निर्देशन रहेको फिल्ममा प्रेमराज दाहालको लगानी छ । फिल्मलाई निरज कँडेलले खिचिरहेका छन् । कमलमणी नेपाल, विष्णु सापकोटा, नन्दु श्रीवास्तव, सुरेन्द्र केसीलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहने छ । साहिल श्रेष्ठ र कुशुम राउतले यो फिल्मबाट डेब्यू गर्दैछन् । फिल्मका गीतमा दीपक शर्मा र सुभाष भुषालले संगीत भरेका छन् ।

फिल्ममा हिमाल केसीको द्वन्द्व रहनेछ । कविराज गहतराजले फिल्मका गीतमा कोरियोग्राफी गर्नेछन् । यस फिल्ममा विदेशमा बस्ने नेपालीले आफ्नो देशलाई गर्ने प्रेम देखाइने निर्देशक भुषाल बताउँछन् । फिल्मको कथा पनि उनकै हो । ‘मिस्टर नेपाली’ को छायांकन स्थलबाट भुवन र रीमा दुलहा–दुलही भएको तस्बिर बाहिरिएसँगै दर्शकमा फिल्मप्रति निकै कौतुहलता बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah