काठमाडौं । आज सोमबार सुनको भाउ स्थिर रहेको छ। आज छापावाल सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ। आज तेजावी सुन प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भईरहेको छ। आज सुनसँगै चाँदीको भाउपनि स्थिर छ । आज चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ।
काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।



