दमक/झापाको दमकमा उनको नाम नौलो छैन । अझ युवापुस्तामा त उनि निक्कै लोकप्रीय छन् । पुरानो पार्टी नेपाली काँग्रेसका पुराना हस्तिहरुलाइ उचित सम्मान दिनु पर्ने र नेतृत्व युवा पुस्ताले गर्नु पर्ने नारा अघि सारेर उनि जब नेपाली काँग्रेस दमकको नगर सभापति बने उनको राजनीतिक उचाइ एक्कासी आकाशियो । उनि स्वास्थ्य क्षेत्रमा काम गरिरहदा पनि दमकमा उनलाइ धेरैले चिनिसकेका थिए । ति ब्याक्ति हुन् युवा राजनीतिकर्मी ढुण्डिराज भण्डारी ।

सामाजिक र राजनीतिक रुपमा युवा पुस्तामा अगाडि देखिएकाले उनको नेतृत्व बिकास र फड्को देखेर धेरैले अचम्म पनि मान्छन् । उनि अहिले नेपाली काँग्रेस झापा क्षेत्र नं. ७ का सभापति हुन् । नगर सभापति एक कार्यकाल बिताएपछि उनि फेरि क्षेत्रिय सभापति बने । सानो उमेरमा काँग्रेसजस्तो पार्टीमा एकपछि अर्को फड्को मार्दा धेरैले जिब्रो पनि टोके ।

तत्कालिन समयमा नगर संयन्त्र सदस्यमा रहदा उनले आफ्नो अन्तरब्याक्ति सम्बन्ध र अन्तरदलीय सम्बन्ध पनि राम्रो बिस्तार गरे । मिजासिलो स्वभावले उनले धेरैलाइ आफूतिर आकर्षित गर्ने गर्छन । पार्टीगत राजनीतिमा उनको गुट पनि कता हो देखिदैन । सबैतिर उनि उत्तिकै देखिन्छन् जसका कारण उनलाइ सबैसंग सम्बन्ध राख्न सिपालु ब्याक्ति रुपमा लिइन्छ ।

स्थानीय तहको निर्वाचन नजिकीदै जाँदा र उम्मेदवारहरुको चर्चा भइरहदा नेपाली काँग्रेसबाट दमक नगरको मेयरमा उनको नाम पनि जोडतोडका साथ नै उठेको छ । यद्यपि उनले आफ्नो उम्मेदवारीको बिषयमा खुलेर बोलेका छैनन् । पार्टीले निर्णय गरेमा आफू पछि नपर्ने बताउदै मेयरमा लड्ने दाउमा उनि रहेकाछन् ।

पार्टीको निर्णय भइनसकेकाले अहिले नै मुख नखोलेका भण्डारीलाइ कार्यकर्ताहरुले पनि उम्मेदवार बन्नका लागि दबाब दिइरहेको उनि निकटहरु बताउछन् । यस बिषयमा उनीसंग सम्पर्कगर्दा पार्टीको निर्णयलाइ आफूले स्वीकार गर्ने र आफू पनि मेयरको उम्मेदवार बन्ने सूचिमा सायद कार्यकर्ताले राखेको आँकलन गरेको बताउछन् ।

बिष्णुप्रसाद पोखरेल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah