स्थानीय तहको निर्वाचनको रौनक तातेसंगै उम्मेद्वारको योग्यता कति चाहिएला र कति हुनुपर्छ भनेर धेरै अन्योल रहेको पाईएको छ । तर उम्मेदवार बन्नका लागि कुनै शैक्षिक योग्यता नै नचाहिने हो भन्ने कमैले थाहा होला । निरिक्षरले समेत स्थानीय तहको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिन सक्नेछन् । उम्मेद्वारका लागि तोकिएको योग्यतामा शैक्षिक योग्यता सामन्य साक्षर समेत लेखिएको छैन । यस्तो छ चाहिने योग्यता
उम्मेदवार बन्ने योग्यता
नेपालको नागरिक
२१ वर्ष उमेर पुरा भएको
गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको
कुनै कानुनले अयोग्य नभएको



