मुम्बइ। सलमान खानको सुपरहिट सिरिज ‘टाइगर’का निर्माताहरु अब यो सिरिजमा कट्रिना कैफले निभाएको भूमिका ‘जोया’माथि स्पिनअफ बनाउने तयारीमा जुटेका छन् । निदेृशक अली अब्बास जाफर जोयाको विगतको कथालाई लिएर आउनेछन् । उनले हालै एक अन्तरवार्तामा जोयाको कहानीमाथि फिल्म बनाउने तयारी गरिरहेको बताएका थिए ।
बलिउडमा स्पिनअफ बनाउने प्रचलन भर्खरै सुरु भएको हो । बलिउडमा अहिलेसम्म एउटा मात्र स्पिनअफ फिल्म आएको छ त्यो हो तापसी पन्नुको मुख्य भूमिका रहेको ‘नाम शबाना’ । यो फिल्म २०१५ मा आएको फिल्म ‘बेबी’को स्पिनअफ थियो । स्पिन अफ फिल्ममा कुनै चर्चित फिल्मको चर्चित पात्रको विगतको कहानी हुन्छ ।
‘बेबी’मा तापसी पन्नुलाई खुफिया प्रशिक्षत एजेन्टको रुपमा देखाइएको थियो तर उनी कसरी खुफिया एजेन्ट बनिन् भन्ने कुरा नाम शबानामा देखाइयो । यस्तै टाइकर सिरिजमा पनि कट्रिना कैफलाई प्रशिक्षक पाकिस्तानी जासुसको रुपमा देखाइएको छ । यसको स्पिनअफमा उनी कसरी जासुस बनिन् भन्ने मुख्य कथावस्तु हुनेछ ।



