नेपालको बहुचर्चित क्याम्पस काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा फराकिलो मत अन्तर सहित अनेरास्ववियुको प्यानललै विजयी भएको छ । फागुन १८ गते रोकिएको निर्वाचन चैत्र २ गतेको सर्वोच्च अदालतको आदेश अनुसार मंगलबार भएको हो ।

चुनावमा एक हजार दुई सय ७६ मत खसेको छ । साँझ पाँच बजेसम्मको मतदानको समयभित्र तीन हजार ५ सय ८१ मतदाता मध्ये एक हजार दुई सय ७६ मात्र मत खसेको हो ।

आरआर क्याम्पसमा अनेरास्ववियुका तर्फबाट अध्यक्षका प्रत्याशी तपेन्द्रबहादुर शाहीले निर्वाचनको माग गर्दै रिट दायर गरेका थिए । अध्यक्ष पदका उम्मेदवार शाहीको रिट निवेदनमा सुनुवाइ गर्दै अदालतले घोषित निर्वाचन रोक्नुपर्ने कुनैे ठोस कारण नरहेकोे जनाएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले निर्वाचन गर्न २ चैतमा अन्तरिम आदेश दिएको हो ।

गत १८ फागुनमा त्रिविले तोकेको मितिमा स्ववियु निर्वाचन नभएपछि २३ फागुनमा निर्वाचन गर्ने मिति आरआर क्याम्पसले तोकेको थियो । तर, स्थानीय तह निर्वाचन आचारसंहिताले रोक लगाएको भन्दै स्ववियु निर्वाचन स्थगित भएको थियो । विद्यार्थीहरू निर्वाचनमा मतदान गर्न सहभागी भए पनि प्रहरीको हस्तक्षेपले निर्वाचन स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah