शारिरिक बनावट, अंग, रुप रेखाले व्यक्तिको भविष्यवाणी गर्ने कुरा शास्त्रमा उल्लेख रहेको छ । शिव पुराणमा कुमार कार्तिकेयले कस्तो गुण भएको युवतीहरु भाग्यशाली हुन्छ भन्ने भन्ने बारे बताएका छन् । जुन गुणहरु भएका युवतीसँग विवाह गर्ने पुरुषलाई राजा सम्मान हुने कुरा उल्लेख गरिएको छ ।
पढ्नुहोस् यस्ता ८ लक्षण भएकी युवतीले श्रीमानको भाग्य :
पीतासँग अनुहार मिल्ने युवतीहरु भाग्यमानी हुने गरको बताइएको छ । उनीहरुको जीवनमा सुखभोग गर्न चाहेको जस्तोसुकै कुराहरु पनि प्राप्त हुने गर्छ ।
आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी हुने बताइएको छ ।
कालो कपाल र अगाडीपट्टी झुकेको कपाल छ भने त्यस्ता युवतीहरु पनि भाग्यमानी हुने बताइएको छ ।
चिल्लो र मुलायम कपाल हुने युवतीलाई पनि भाग्यमानी मानिन्छ ।
गोलो, चिल्लो र आकर्षक अनुहार भएका युवतीलाई पनि भाग्यमानी मानिन्छ ।
शिरको अगाडीको भाग उठेको छ भने त्यस्ता युवतीहरु भाग्यमानी धनी र वैभवशाली हुने गर्छन् ।
सिन्दुर लगाउने ठाउँमा सिधा र उठेको छ भने त्यस्ता युवती सँधै भाग्यमानी हुने विश्वास रहेको छ ।
आँखी भौ धनुष जस्तो आकारमा झुकेका युवतीहरु भाग्यमानी मानिन्छ ।



