दमक/झापाको दमकमा स्थानीय तहको निर्वाचनको रौनक प्रत्येक दिन बड्दै गएको छ । बिभिन्न राजनीतिक दलमा मेयरका दाबी गर्ने तथा चर्चामा आउने धेरै नै रहेकाछन् । राप्रपा र एकीकृत माओबादी केन्द्रले उम्मेद्वारी निश्चित गरेपनि काँग्रेस र एमालेले उम्मेदवार चयन गरिनसकेकाले अहिले मेयरका लागि धेरैको दाबी कायमै रहेको छ ।
नेकपा एमालेबाट पछिल्लो समयमा इन्द्र भण्डारीको नाम पनि मेयरको चर्चाको शिखरमा नै रहेको छ । युवा पुस्ताको प्रतिनिधित्वको माग आइरहदा उनको नाम पार्टीभित्र छलफलको बिषय बनेको छ । कतिपय एमालेका युवा कार्यकर्ताहरुले दमकका लागि खेलेको भूमिका र दमकको बिकास तथा सम्बृद्धिका लागि भण्डारीको उम्मेद्वारी जरुरी भएको भन्दै सामाजिक सञ्जालमा स्टाटस समेत लेखेको पाइन्छ ।
लामो समयदेखि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिबको भूमिकामा रहेका उनी अब राजनीतिमा सक्रिय रहन शुरु गरेसंगै उनको चर्चा आएपछि एक किसिम दमकमा नयाँ बहस नै शुरु भएको पाइन्छ । पार्टीको जनबर्गिय संगठनहरुमा निरन्तर रहेर काम गरेका उनलाइ मेयर दिदा युवा पुस्ताको प्रतिनिधित्व हुने एकथरिको बहस छ । नेकपा एमाले सम्पर्क संगठन कमिटी प्रदेश नं. १ का प्रमुख उनले पनि मेयरमा इच्छा प्रकट गरेको जनाइन्छ ।
आफूले अहिलेसम्म राजधानीमा रहदा दमक र यहि क्षेत्रको बिकासका लागि काम गरेको भन्दै उनले आफूलाइ यहाँ नरहेको भनेर भ्रम फैल्याउने काम गरेकोप्रति दुख मान्ने गरेकाछन् । लखनपुरको श्री बाणि माबि त्यसपछि हिमालय उच्च माबि र दमक क्याम्पसमा उनले पढेका हुन् ।
भण्डारीले सवाल नेपालसंगको सम्पर्कमा आफूलाइ नगरबासिहरुले गरेको बिश्वास र आफूप्रति देखाएको सदसायतालाइ गम्भिर रुपमा लिएको बताएकाछन् । पार्टीले निर्णय गरेको अवस्थामा आफूले दमकको सम्बृद्धिका लागि काम गर्ने अवसरको रुपमा यसलाइ ग्रहण गर्न सकिने उनको भनाइ छ । यद्यपि पार्टीको निर्णय, पार्टीका स्थानीय नेता कार्यकर्ताको सोच बिपरित आफ्नो उम्मेद्वार नरहने उनले जनाए । जसरी र जो भएपनि दमकमा एमाले र एमालेको उम्मेदवारले जित्नु पर्ने उनको भनाइ थियो । सबैको भावानालाइ र युवाहरुको मागलाइ सम्बोधन गरेर अघि बढ्दा जित निश्चित रहेको उनको बिश्लेषण छ ।
दमकको सम्बृद्धिका लागि आएका बिभिन्न ठूला र गौरवका योजनाहरुको बिषयमा आफू जानकार रहेको जनाउदै यसमा आफ्नो पनि भूमिका रहेकाले यो पुरा गर्न अब दमक नगरको मेयर बिकासको बिषयमा जानकार हुनु जरुर रहेको उनी बताउछन् । यहाँ आएका हरेक बिकासका योजनाहरुको सुक्ष्म जानकारी आफूलाइ रहेको भण्डारीले बताए ।



