दमक/स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा उम्मेद्वार चयनमा युवाहरुलाइ पाखा नलगाउनका लागि राप्रपाका यूवा नेताहरुले माग गरेकाछन् । उनिहरुले सवाल नेपालमार्फत यस्तो माग गरेकाहुन् । राप्रपाका क्षेत्रिय उपाध्यक्ष भिष्मप्रताप भण्डारी सहितले वडाध्यक्षको घोषणा गरेकाहुन् । पार्टीले पुरानाहरुलाइ नै सधै अघि सार्दै जाँदा नयाँले ठाँउ नपाउने बताउदै आफूहरुको वडाध्यक्षमा दाबी रहेको राप्रपाका युवा नेताहरुले बताएकाछन् । उनिहरु वडाध्यक्षको उम्मेद्वारी घोषणा समेत गरेकाछन् ।
सामाजिक र राजनीतिक रुपमा चिनिएको ब्याक्ति राप्रपा झापा क्षेत्र नं. ७ का उपाध्यक्ष भिष्मप्रातप भण्डारीले दमकको वडा नं. ८ बाट वडाध्यक्षको घोषणा गरेकाछन् । युवाहरुको भावाना अनुसार नै आफू अघि बढेको र यूवाहरुलाइ यो पटक पार्टीले अवसर दिनेमा आफू ढुक्क रहेको उनले जनाएकाछन् । उनि स्थानीय वडा नागरिक मञ्चको सह संयोजक, रेडक्रस दमकको तीन कार्यकाल सदस्य समेत रहेकाले उनि लोकप्रीय नेता मानिन्छन् ।
शैक्षिक, सामाजिक र राजनीतिक रुपमा अगाडि रहेका युवा खेमबहादुर दाहालले दमकको वडा नंं १० बाट वडाध्यक्षको उम्मेद्वारी दाबी गरेकाछन् । राष्ट्रिय प्रजातन्त्रिक युवक संगठनका केन्द्रिय सदस्य तथा झापा जिल्ला अध्यक्ष रहेका दाहालले अब युवाहरुलाइ ठाँउ दिनेमा आफू आशाबादी रहेको र पार्टीले पनि आफूहरुको मागलाइ सकारत्मक रुपमा लिने उनले जनाए । उनि राप्रपाको वडा नं. १० का सदस्य पनि हुन् । स्थानीय क्षेत्रमा उनि लोकप्रीय युवाको रुपमा चिनिन्छन् ।
यसैगरि राप्रपाबाट वडा नं. ७ बाट बिक्रम सुब्बा(खामदेन)ले वडाध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरेकाछन् । स्थानीय क्षेत्रमा लोकप्रीय युवा सुब्बाले अब पालो युवाको भएकाले स्थानीय तहमा युवालाइ ठाँउ दिनेमा आफू आशाबादी रहेको उनले जनाए । राष्ट्रिय प्रजातन्त्रिक यूवक संगठन केन्द्रिय सदस्य तथा झापा जिल्ला उपाध्यक्ष रहेका सुब्बा वडाध्यक्षका लागि आफ्नो दाबी सहित मतदातामा जान थालिसकेकाछन् । उनि राप्रपा दमक वडा नंं ७ का सदस्य पनि हुन् ।
यसैगरि राप्रपा दमक नगरपालिका वडा नं. १ बाछ कृष्णकुमार कोइरालाले वडाध्यक्षमा आफ्नो दाबी रहेको भन्दै उम्मेद्वारी घोषणा गरेकाछन् । उनि राप्रपाका वडा नंं १ को उपाध्यक्ष पनि हुन् । उनि पनि स्थानीय क्षेत्रमा लोकप्रीय युवा नेता मानिन्छन् । उनले युवाको काँधमा जिम्मेवारी हुदा यसले पार्टी पनि मजबूद हुने बताए ।
यसैगरि झापाको दमकको वडा नंं. २ बाट राप्रपाका दिपक न्यौपानेले पनि वडाध्यक्षमा उम्मेद्वारी घोषणा गरेकाछन् । शैक्षिक रुपमा सक्रिय उनि प्रजातन्त्रिक यूवक संगठनका झापा जिल्ला सचिब समेत भइसकेका उनि राप्रपा दमक वडा नं. २ को सदस्य पनि हुन् । शैक्षिक र सामाजिक रुपमा उनि त्यस क्षेत्रमा चिनिएका ब्याक्ति हुन् ।
उनिहरुले उम्मेदवारी घोषणा गर्दै पार्टीले आफूहरुको पक्षमा निर्णय गर्नेमा आफूहरु आशाबादी र ढुक्क रहेको दाबी गरे । पार्टीले बाटो बिराएर आफूहरुलाइ उम्मेद्वार नबनाए जन भावाना अनुरुप उम्मेदवारी दिन बाध्य हुने समेत उनिहरुले चेतावनी दिएकाछन् ।



