सप्तरी घटनापछि तराई–मधेसबाट नेकपा (एमाले) भाग्यो भन्ने आरोप लागि रहेका बेला एमालेले प्रदेश नम्बर दुई कै बर्दिबासमा ‘दुई नम्बर प्रदेश स्तरीय भेला’ धुमधामसँग सम्पन्न गरेको छ ।

दुई दिनसम्म चलेको भेलामा प्रदेश नम्बर दुईका आठै जिल्ला सयौँ अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियो । बुधबार एमाले वरिष्ठ नेता झलनाथ खनालले उद्घाटन गरेको भेलामा बिहीबार वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोख्रेल, सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईलगायतले सम्वोधन गरेका थिए ।

भेलालाई सम्वोधन गर्दै वरिष्ठ नेता नेपालले एमालेलाई मधेस विरोधी भनेर केहीले हल्ला चलाएको भन्दै त्यसम कुनै सत्यता नभएको जिकिर गरे । उनले एमालेको जन्मभूमि र कर्मभूमि तराई–मधेसु नै भएको भन्दै एमालेलाई मधेस विरोधी भन्ने हक कसैलाई नभएको दाबी गरे । ‘एमाले मधेस विरोधी छैन,’ उनले भने, ‘तराई–मधेसमा विकास निर्माणका काम गर्ने पार्टी एमाले हो । मधेसमा विकासको अभियान ०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेलादेखि सुरु भएको हो ।’

अहिले केही संविधान मधेस विरोध छ भनेर केहीले हल्ला गरेको भन्दै उनले मधेको सच्चा पार्टी एमाले बाहेक अरु नभएको पनि जिकिर गरे ।
कार्यक्रममा महासचिव पोख्रेल र सचिव भट्टराईले पनि तराईमा एमालेलाई एक नम्बर पार्टी बनाउने गरी एक जुट भएर काम गर्न सुझाव दिए ।

दुई दिनसम्म चलेको कार्यक्रममो बन्दशत्रमा आठै जिल्लाका अध्यक्षहरुले बोलेका थिए । उनीहरुले तराईमा एमालेको अवस्था, सप्तरी घटनापछि एमालेप्रति फैलाएको भ्रम, तराईमा एमालेको संगठनलगायतका बारेमा बोलेका थिए । उनीहरु सबैले एमालेलाई आगामी निर्वाचनमा पहिलो पार्टीका रुपमा स्थापित गर्न सकिने दाबी गरेका थिए ।

एमालेका नेता शत्रुधन महतोले पनि प्रदेश नम्बर दुईको भेलापछि कार्यकर्ताहरु उत्साहित भएको जानकारी दिए । ‘भेला थानीय तहको निर्वाचन घोषणा गरेपछि कसरी अघि बढ्ने भन्ने बारेमा केन्द्रित रह्यो,’ उनले भने, ‘सप्तरी घटनापछि तराईबाट एमाले भाग्यो भन्ने हल्ला फैलाएका थिए । भेलाले त्यो भ्रमलाई चिरेको छ । कार्यकर्ता उत्साहित भएका छन् ।’

पूर्व सांसद् र सद्भावनाका जिल्ला अध्यक्ष नै एमाले प्रवेश

बिहीबार पनि प्रदेश नम्बर दुईबाट एमाले प्रवेश गर्नेको लहर चलेको छ । बिहीबार पनि नेकपा माओवादी केन्द्र नेता एवं पूर्वसांसद फर्मुद नदाफसहित सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । त्यसैगरी सद्भावना पार्टीका जिल्ला युवा अध्यक्ष राजु पटेल पनि एमाले प्रवेश गरेको एमालेले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah