आगामी भाद्रबाट कान्तिपुर टेलिभिजनबाट स्ट्यान्डप कमेडी (हास्य प्रधान) कार्यक्रम ‘कमेडी च्याम्पिएन’ प्रशारण हुने भएको छ । यो वर्षको गाईजात्राको छेका पारेर प्रशारण हुन लागेको प्रतियोगिता मुलक उक्त कमेडी रियालिटी शोलाई ‘३ प्रोडक्सन’ले निर्माण गर्न लागेको हो । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अब अडिसनको तयारीमा रहेको जानकारी गराइएको छ । कार्यक्रमका निर्देशक बिशाल भण्डारी हुन् । उक्त प्रतियोगितामा बरिष्ट हास्यब्यँग्य अभिनेता सन्तोष पन्त, हास्य अभिनेता मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र फिल्म निर्देशक प्रदीप भट्टराई निर्णायकका रुपमा रहने छन् ।

कार्यक्रम नेपाल आईडलकी सञ्चालिक रिमा विश्वकर्माले सञ्चालन गर्नेछिन् । सान थापाले लेख्ने उक्त कमेडी च्याम्पिएनको निर्मातामा अभिनेत्री केकी अधिकारी , राज घिमिरे र सृजा थपलिया रहने छन् । ‘कमेडी च्याम्पिएन’ बिदेशी हास्य कार्यक्रमको कुनै फ्रेन्चाईज नभएको बताइएको छ ।

कार्यक्रममा भाग लिन गुगल प्लेस्टोरमा गएर कमेडी च्यम्पिएनको एप्स मोवाईलमा डाउनलोड गर्नु पर्ने छ र नेपालबाट सम्पादन नगरिएको ३ मिनटको स्ट्यान्डप कमेडी भिडियो र बिदेशबाट ५ मिनटको सम्पादन नभएको स्ट्यान्डप कमेडी भिडियो आयोजक पक्षलाई पठाउनु पर्ने छ । पठाइएको भिडियोलाई हेरेर निर्णयकले चयन गरेको आधारमा उत्कृष्ट भएकाहरुले विभिन्न शहरमा कमेडी च्यम्पिएनसिपको अडिसनमा सहभागी हुन पाउने छन् भने अडिसनबाट चयन भएकाहरु मध्य उत्कृष्ट २५ बाट उत्कृष्ट १५ हुँदै उत्कृष्ट ३ लाई फाईनलमा उतारिने छ ।

दर्शकको भोट र निर्णायकको निर्णयको आधारमा उत्कृष्ट तीनबाट एक जनालाई उत्कृष्ट कमेडी च्यम्पिएन घोषणा गरिने छ । कमेडी च्याम्पियनको उपाधि बिजेताले २५ लाख रुपैयाँ बराबारको कार र २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah