इटहरी/ नेपाली सांगीतिक क्षेत्र सानो छ तर संगीतमा नाम, दाम कमाउने रहर र सपना बोकेर आउने गायक गायिकाको सङ्ख्या धेरै छ । हरेक दिन नयाँ एल्बम बिमोचन र गीतहरु डिजिटल बजारमा सार्वजनिक भैराखेका हुन्छन। नयाँ गायक गायिकाले नयाँ शैलीका विभिन्न एक्स्पेरिमेन्टल गीत र भिडियो प्रस्तुत गरिराखेका छ्न।

 

प्रविधिको बिकास संगै उच्च क्वालिटीका भिडियो निर्माण जसरी दिनानुदिन हुदै छ संगीत सिकेर बुझेर आउने गायक गायिकाको प्रवेश पनि भैराखेको छ। इटहरीमा बसोबास गर्दै आएका युवा गायक जसले आफ्नो कलिलो उमेरमा पढाईलाई निरन्तरता दिदै अहिले आफ्नो सपना पुरा गर्न तर्फ लागेका छन् |

सिर्जनले आफ्नो स्कूल विश्व आदर्शबाट सन्नातक तह शारदा विश्व विद्यालय मेकानिक इन्जिनियर लिएर पढेका हुन् | हाल अष्ट्रेलियाको मेलबोर्नमा मास्टर डिग्री पहिलो बर्षमा अध्यनरत नव गायक सिर्जन कार्कीले आफ्नो पहिलो सांगीतिक कोशेली “तिम्रो शुबास ” श्रोता दर्शक सामु ल्याएका छ्न। नव गायक सिर्जन कार्कीको संगीत प्रतिको लगाव तब सुरु भएको थियो जब उनी आठमा पढ्थे ।सबै किसिमको गीत सुन्दै रमाउँने गर्थे र सिर्जन पनि गीत गाउन निकै उत्सुकता हुन थाले । त्यही उत्सुकता उनको जुनुन् बन्न कति नी समय लागेन ।

समयमै उनले गिटार सिकेर गीत गाउन थाले घरमै संगीतको अभ्यास गर्न थाले ।गीत गाएर प्रस्तुत भने पहिलो पटक आफ्नो स्कूलको प्रान्गनमा गरेका थिए। त्यो समय देखि सिर्जनले जीवनको सांगीतिक यात्राको सुरुवात गरेका थिए। संगीत प्रति धेरै लगाव रहेकाले गर्दा आफै गीत लेख्न थालेका थिए ।

सबै प्रकारको गीतको स्वाद लिदै अघि बढे।सन्नातक तह लिने क्रममा पनि उनले धेरै इस्टेज पर्फरमेन्स दिँदै आएका थिए। फुर्सद हुनासाथ युनिक किसिमको संगीत बनाउँदै गीत लेख्नमा सिर्जन रुचाउँथे । जब सम्म मेरो गीत संगीत सृजनाले मानिसको मन छुदैन तब सम्म गीत र संगीत बन्दैन त्यसैमा लागि पर्ने अठोट राखेका छु नव गायक सिर्जनले बताए । संगीतको क्षेत्रमा परिवारले धेरै सपोर्ट पाएको बताए। ।

 

नव गायक सिर्जन भन्छन् इन्जिनियर मेरो प्रोफेशन हो तर गीत संगीत प्याशन हो । संगीतको क्षेत्रमा केहि गर्न चाहान्छु । एउटा अलग किसिमको म्युजिक बनाउन चाहान्छु । फुर्सद भएको बेला शब्द सँग खेल्दै गीत लेख्दै गाउँछु ।सबै भावना पोख्ने माध्यम नै गीत हो पढाई आफ्नो ठाउँमा छ र संगीत आफ्नो ठाउँमा छ दुबै लाई निरन्तरता दिने नव गायक सिर्जन कार्कीले बताए।

नव गायक सिर्जन कार्कीको नयाँ पप गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ व्यक आवाज प्रकाश राईको रहेको छ भने एरेन्ज उत्सव आचार्यको रहेको छ बेस्ट गितार जेम्स श्रेष्ठको रहेको छ । तिम्रो शुबास’ बोलको गीतमा बिमोचन खनाल लौरा लेवनको अभिनय रहेको छ गीतको म्युजिक भिडियोलाई जिवन रशैलीले निर्देशन गरेका हुन् भने जिवन रशैलीले नै भिडियोलाई सम्पादन गरेका हुन् |
गीतको  भिडियो हेर्नुहोस्  :;

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah