बिष्णुप्रसाद पोखरेल
दमक/निर्वाचन आयोगले झापा जिल्ला सहित देशभर नै प्रमुख निर्वाचन अधिकृत र प्रत्येक नगर कार्यपालिका तथा गाँउपालिकामा निर्वाचन अधिकृतहरु मंगलवारदेखि खटाएको छ । झापाको प्रमुख निर्वाचन अधिकृतमा झापा जिल्ला अदातलका न्याधिश सुदर्शनराज पाण्डे रहेकाछन् ।
यसैगरि निर्वाचन अधिकृतहरुमा दमकमा शान्ति तथा पून निर्माण मन्त्रालयका उप सचिब बेदराज फूयाल, गौरादह नगरकार्यपालिकामा सर्वोच्च अदालतकी इजालस अधिकृत सकुन्तला कार्की, शिवसताक्षी नगरकार्यपालिकामा पंकज भूर्तेल रहेका छन् । उनि यहि नगरपालिकाका कार्यकारी अधिृत हुन् ।
यसैगरी मेचीनगर कार्यपालिकामा सर्वोच्च अदालतबाट उप रजिष्टार इन्दिरा शर्मा खटिएकीछन् भने कन्काइ नगरकार्यपालिकामा उपसचिब रोशन कुमार भट्टराइ रहेकाछन् । बिर्तामो नगर कार्यपालिकामा इलाका प्रशासन कार्यालय दमकका प्रमुख भोजराज श्रेष्ठ खटिएकाछन् भने शनिअर्जुन नगरकार्यपालिकामा यहि नगरपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण खतिवडा खटिएकाछन् ।
यसैगरि कमल गाँउपालिकामा काठमण्डौका साहयक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लूइटेल खटिएकाछन् । गौरीगन्ज गाँउपालिकामा झापाका साहयक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारी खटिएकाछन् । बाह्दशी गाँउपालिकामा बाबुराम राइ, झापा गाँउपालिकामा रोशन शंकर घिमिरे, बुद्धशान्ति गाँउपालिकामा इन्द्रकमल प्रधान, हल्दिवारी गाँउपालिकामा पदमबहादुर कार्की र कन्चनकवल गाँउपालिकामा देबिबहादुर भण्डारी निर्वाचन अधिकृतको रुपमा खटिएकाछन् ।



