अधिकांश सम्बन्धमा युवतीलाई प्रेममा पार्नका लागि होस् वा विवाहका लागि राजी गर्न किन नहोस् युवायुवतीहरुले झुट बोलिरहेका हुन्छन् । उनीहरुले राम्रो इम्प्रेसन पार्नका लागि झुठको साहरा लिने गरेका हुन्छन् । युवतीमा राम्रो इम्प्रेशन पार्नका लागि बोलिने युवाहरुका यस्ता झुठलाई थाहा पाउन वा पत्ता लगाउन भने अलि कठिन नै हुने गर्छ । हुन त विवाहभन्दा अगाडि वा कसैलाई पनि आफूसँग नजिक ल्याउन युवतीहरुले पनि धेरै कुरामा झुठको साहरा लिइरहेका हुन्छन् ।

आज हामी यहाँ युवाले युवतीलाई इम्प्रेसनमा पार्न प्रयाग गर्ने केही झुठका बारेमा उल्लेख गर्दैछौं ।

१. तिमी जतिको राम्री मलाई अरु कोही लागेको छैन । (यसअघि पनि उसले अरु युवतीलाई पनि यसै भनेको हुन्छ ।)

२. योभन्दा अगाडि मेरो कुनै अफेयर छैन । (युवाको जतिसुकै अफेयरहरु चलिरहेको भएपनि उसले नयाँ सम्बन्धका लागि यस्तो बताउने गर्छ ।)

३. विवाह पछि म रक्सी, चुरोट केही पिउँदिन । (विवाह अघि चुरोट, रक्सी पिउनेहरुले विवाह गरेपछि आफू यस्तो लतहरुलाई चटक्कै छोड्ने प्रतिवद्धता व्यक्त गर्छन् तर वास्तविकतामा त्यस्तो नहुन सक्छ ।)

४. विवाहमा म तिम्रो परिवारलाई दु:ख दिन्न । माइतिबाट तिमीले केही पनि ल्याउनु पर्दैन ।(विवाहका लागि राजी गराउनका युवाले युवतीलाई यस्तो भन्ने गर्छन् ।)

५. तिम्रो बुवा आमा मेरो पनि त आमा बुवा हो नि (यसो भन्दै युवतीको दिल जित्न खोज्ने कम हुँदैनन् । तर विवाह पछि भने उनीहरुले यो सम्बन्धलाई पहिले भनेजस्तो बनाउन खोज्दैनन् ।)

६. विवाहपछि म तिमीलाई पूर्णरुपमा समय दिन्छु । (यसो भन्ने युवाहरुले विवाहको केही समयपछि नै पत्नीलाई भन्दा साथी भाइ र अन्य कुराहरुलाई बढी समय दिन थाल्नेछन् ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah