२३ चैत । पूर्व राजा ज्ञानेन्द्र शाहले परम्परागत मान्यता, सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठाका कारण नेपाली राज्य प्रणालीले चर्को खडेरी भोग्नुपरेको बताउनुभएको छ ।

रामनवमीको अवसरमा बुधबार शुभकामना दिंदै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । पुर्वराजा ज्ञानेन्द्रले फेरि मुख खोले पछि राजनीतिक वृत फेरि तात्तिएको छ ।

शुभकामना वक्तव्यको पूर्ण पाठ :
त्रेता यूगमा यो धरतीमा लोक हितका निम्ति अवतरित मर्यादा पूरुषोत्तम रामको दिव्य स्मरण गर्ने आजको दिनले हामीलाई त्यागशीलता, मर्यादा तथा लोक मान्यता जस्ता उच्चतम गूण एवं गरिमाको संझना गराउंदै त्यसतर्फ लाग्न उत्साहित गर्दछ ।

परम्परागत मान्यता, सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठा आजको नेपाली राज्य प्रणालीले भोग्नू परेको चर्को खडेरी हो । त्यसैले भगवान रामले देखाएको सत्यनिष्ठा, मर्यादा तथा लोकसम्मत राज्य व्यवस्था जस्ता विषय आजको नेपालमा टड्कारो आवश्यकताको रुपमा देखापरेको छ ।
रामनवमी जस्तो पूनीत पर्व विशेषले नेपाली भुलोकमा सबैलाई “सबैको हित गरौं” भन्ने दिव्य आदर्श दिन सकोस् यही मेरो कामना छ ।
जय नेपाल ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah