२३ चैत– ‘सर्वोच्चमा मेरोविरुद्ध परेको मानहानी मुद्धा के हुन्छ यार ? ‘एउटा शेरबहादुरको अर्का शेरबहादुरलाई प्रश्न । नेपाल बार अध्यक्ष शेरबहादुर केसीलाई अस्ती सोमबार काँग्रेस सभापति शेरबहादुर देउवाले बिहान यस्तो जिज्ञासा राख्दा महासचिव खम्बहादुर खाती पनि सँगै थिए । ‘एक रुपैयाँ मात्र दण्ड तिराए पनि राम्रो सन्देश जाँदैन सभापति ज्यू,’ वकिलहरुले सुझाए ।
‘प्रहरी महानिरीक्षक नियुक्ती प्रकरणमा अदालतले दिएको फैसलाउपरको असन्तुष्टि स्वरुप पार्टीबाटै निर्णय गराउनु हुन्थेन ।’ वकिलहरुले यस्तो सल्लाह दिनासाथ देउवाले भने ‘बाफ रे बाफ ! बर्बादै भएछ ! अब के गर्ने त के गर्ने ?’ वकिलहरु केही सल्लाह दिन खोज्दै थिए, तर देउवा नै बोले ‘लु-लु-लु, मिलाएर जवाफ लेख्नुपर्यो !’ वकिलहरुले भने वरिष्ठ अधिवक्ताहरुसँग सल्लाह गर्नुस्, बिहीबार अदालतले के भन्छ, अनि सल्लाह गरौँला ! उनीहरुको कुरा सुनेर देउवाले भने ‘कार्यकारी अधिकार प्राप्त सरकारले एकचोटि निर्णय गरेपछि गरिहाल्यो ! पार्टी बैठकको प्रस्ताव साथीहरुले भाषा मिलाएर लेख्नुपर्ने तलमाथि भएछ ।’
पहिला एक रुपैया जरिवाना गर्दा पनि कतिपयको बृतिविकास रोकिएको नजिर छ । जस्तो कि गृहसचिव श्रीकान्त रेग्मी । त्यसैकारण रेग्मीले मुख्य सचिव बन्न पाएनन् । देउवाले नै उनको बाटो छेकेर विमल कोइरालालाई मुख्य सचिव पदमा नियुक्त गरेका हुन् । त्यही तोडमा श्रीकान्तले गृहबाट सरुवा भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयमा सरुवा मिलाए । त्यसपछिको लामो समय विदेश घुमेर बिताए । उतिबेला बिमलका हकमा सलल बग्ने खोलोमा अहिले भुमरी जस्तो पछुतो छ देउवालाई ।
उता देउवाले पूर्वी मधेसको यात्रा टुंग्याएपछि उत्साह बढेको छ । उनको ठहर छ, चुनाव गर्न सकिन्छ । त्यसैले त्यसैले स्थानीय निर्वाचन बैशाख ३१ मै हुनुपर्ने अडान ‘चट्टानी अडान’ परिणत भएको छ । जन आश्था साप्ताहिकमा खबर छ । उनको अर्जुनदृष्टि हो, जसरी पनि जेठ १ मा प्रधानमन्त्री बन्ने १ तर, त्यसका लागि कुनै योजानबद्ध तयारी छैन् । न त नीति न त रणनीति ।
केपी ओलीले सोमबार एमाले स्थायी कमिटी बैठकमा गरेको ब्रिफीङअनुसार, आईजीपी नियुक्ति प्रकरणलाई चुनावमा जित हारसँग जोड्ने काम सत्तारुढ दलका नेताबाट भइरहेको छ । आईजीपी नियुक्तिको पूर्वशर्त चुनाव जिताउने छ । माओवादी चुनाव गराएको जस लिनबाट पछाडि हट्ने सम्भावना छैन् ।



