काठमाडौं । आज (बिहीबार) सुनको भाउ उकालो लागेको छ। आज छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबारबाट ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको भाउ आज ५ सय रुपैयाँले बढेर ६५ हजार पुगेको हो।
त्यस्तैगरी आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।
आज सुनको मुल्यसँगै चाँदीको मुल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ। यस अघि चाँदी प्रतितोला ७२५ रुपैयाँमा किनबेच हुँदै आएको थियो। काठमाडौँ उपत्यका बाहेकका स्थानमा भने सुन चाँदीको भाउ केही बढी पर्न सक्ने छ। डिसी नेपाल बाट



