काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा अभिनेत्री साम्राज्ञी शाह निकै चर्चामा रहेकी छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गरेका बोल्ड तस्बिरका कारण उनी चर्चामा आएकी हुन् ।आफ्नो बोइफ्रेण्डसँगको बोल्ड तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट भएपछि उनको चौतर्फी आलोचना भएको छ । कतिले उनको पोस्टमा अश्लिल र भद्दा कमेन्ट समेत गरेका छन् । उनले तिनै कमेन्ट गर्नेहरुलाई आफ्नो आक्रोश इन्स्टाग्रामको स्टोरीमा पोखेकी छिन् । उनले लेखेकी छन् – ‘हाथी चले बजार, कुत्ते भोके हजार’ । यसलाई नेपालीमा हात्ती गयो बजार, जसका कारण हजार कुकुर भुके भन्ने अर्थ लाग्छ ।
चलचित्र ‘रातो टिका निधारमा’ को छायांकनपछि उनी आराम गर्न भन्दै इन्डोनेसियाको बाली पुगेकी छन् । समुन्द्रको तटमा देवाङ्ससँग विकिनीमा खिचेका फोटो सार्वजनिक गरेकी छन् । उनलाई सार्वजनिक गरेको फोटोलाई लिएर धेरैले उनलाई ‘कामुक‘ र ‘उत्ताउली’ भनेका छन् ।फोटोलाई लिएर व्यापक आलोचना भएपछि उनले फोटो हटाइसकेकी छन् ।पछिल्लो पुस्ताका अधिकांश नेपाली कलाकार बलिउड र हलिउठबाट बढी प्रभावित देखिन्छन् । त्यसैले कतिपय कुरा अनुकरण गर्न खोज्छन् । तर, नेपाली सामाजिक धरातल र मान्यता बिर्सिएर कुनै पनि कुरा अनुकरण गर्दा आलोचना हुने पूराना कलाकारहरु बताउँछन् ।



