काठमाडौं । आज (मंगलबार) युके पाउण्ड बाहेक सबै देशको भाउ बढेको छ । आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ५७ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ १ पैसा र बिक्रिदर १३७ रुपैयाँ ७६ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४८ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३७ पैसा रहेको छ।
त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ७४ पैसा, बिक्रिदर २६ रुपैयाँ ८८ पैसा रहेको छ। त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६१ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रिदर ३६३ रुपैयाँ २३ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९१ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्रिदर २९३ रुपैयाँ २८ पैसा रहेको छ।




