२५ चैत । एक साता अघि पूर्वराजा ज्ञानेन्द्र शाहका नाति तथा पारस शाह र हिमानी शाहका पुत्र हृदयेन्द्र शाहको व्रतबन्ध (चूडाकर्म) भयो । चैत १७ गते भएको हृदयेन्द्रको व्रतबन्धको भोज पूर्वराजा ज्ञानेन्द्रले एक सातापछि चैत २४ गते बिहीबार सोल्टी होटेलमा आयोजना गरे । पूर्वराजा ज्ञानेन्द्रले उक्त भोजमा सहभागी हुन राष्ट्रपति, राजनीतिक दलका नेताहरुदेखि कलाकार, सर्वसाधारणलाई समेत आमन्त्रण गरेका थिए ।

केही महिनाअघि राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको विवाहमा सहभागी भएर नेताहरु सहभागी हुने सार्वजनिक समारोहमा उपस्थित भएका ज्ञानेन्द्रले आफ्नो नातिको व्रतबन्धको भोजमा करिब ३ हजारलाई आमन्त्रण गरेका थिए । आफ्नै शासनकालमा दुई शताब्दीको राजसंस्थाको विरासत गुमाएका ज्ञानेन्द्रले राजसंस्था अन्त्यमा सक्रिय र अहम भूमिका निर्वाह गरेका नेताहरुलाई समेत भोजमा सहभागी हुन निमन्त्रण कार्ड पठाए ।

बिहीबार भोज सुरु भएसँगै राष्ट्रपति भण्डारीदेखि आमन्त्रित पाहुनाको स्वागतमा पूर्वराज परिवारका सदस्यहरु आफैं खटिएका थिए । राष्ट्रपति भण्डारीको स्वागतमा पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल शाहसहित पारस शाह, हिमानी शाहलगायतका पूर्वराजपरिवारका सदस्यहरु दत्तचित्त भएर लागेको देखिन्थ्यो । राष्ट्रपतिकोमा मात्रै होइन आमन्त्रिम मन्त्रीदेखि नेता, कलाकार लगायत सबै पाहुनाहरुको स्वागत गरेका राजपरिवारको सदस्यहरुको कार्यमा राजसंस्था गुमेको पीडा देखिँदैन थियो । राष्ट्र प्रमुखको स्वागतमा खटिएका पूर्वराष्ट्र प्रमुख ज्ञानेन्द्र राष्ट्रपतिको स्वागतमा कमि आउला कि भन्नेमा सचेत देखिन्थे ।

दलहरुले निषेधको राजनीति गरिरहेका बेला ज्ञानेन्द्रको उनीहरु प्रतिको सम्मान र आदर निकै उच्च कोटीको थियो । पछिल्लो परिवर्तन स्वीकार गरेका हुन् कि भन्नेसम्मको आसय देखाएका पूर्वराजा ज्ञानेन्द्रले उक्त भोजबाट राजनीतिक दलहरुसँगको दूरी कम गर्ने सोचमा रहेका थिए ।

उक्त भोजमा उपप्रधानमन्त्री कमल थापा, पूर्वमन्त्री तथा सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, पूर्वमन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्का र डा. रामशरण महत, राप्रपाकी नेतृ कुन्ती शाही, अभिनेता राजेश हमाल, अभिनेत्री मनिषा कोइराला, दीपक राज गिरी, दीपाश्री निरौला, संगीतकार शम्भूजित बास्कोटालगायतका व्यक्तिहरु सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah