प्रवीण ढकाल

भारतको बैंगलोरस्थित एक अस्पतालमा एकजना नेपाली बिरामी अर्थचेत अवस्थामा अलपत्र परेका छन्। झापा बिर्तामोड सैनिक चोकका ५५ वर्षीय पदम कार्की १५ दिनदेखि बैंगलोरको ह्वाइटफिल्डस्थित वैदेही इन्स्टिच्युट अफ मेडिकल साइन्सेस एन्ड रिसर्च सेन्टरको शिक्षण अस्पतालमा अलपत्र अवस्थामा छन्।

वैदेही इन्स्टिच्युटमा बिएस्सी नर्सिङ अन्तिम वर्षमा अध्ययनरत नेपाली छात्रा अनु रेग्मीले स्वास्थ्यखबरसँग टेलिफोनमा कुरा गर्दै अर्धचेत अवस्थामा रहेका कार्कीको स्पष्ट पहिचान खुल्न नसकेको बताइन्। ‘टाउकोमा चोट लागेका कारण प्यारालाइसिस भएको र होस समेत राम्रो नभएका कारण थप पहिचान खुलाउन गाह्रो परिरहेको छ,’ रेग्मीले भनिन्, ‘अर्थ चेत अवस्थामा नै उहाँले झापा बिर्तामोड नजिक सैनिक चोकमा घर भएको बताउनु भयो। उहाँले छोराको नाम टेकनाथ भएको र एक विद्यालयमा पढाउने गरेको कुरा बताउनु भएको छ।’

रेग्मीका अनुसार कार्कीको साथमा कुनै रकम तथा पहिचान खुलाउने कागजात छैन। रेग्मीले कार्की अलपत्र अवस्थामा परेको हिजो बिहिबार मात्र थाहा पाएको बताइन्। ‘हिजो थाहा पाउने बित्तिकै उहाँलाई भेट्न गएको थिएँ,’ उनले भनिन्, ‘उहाँले आफ्नो तीन जना छोरा रहेको बताउनु भयो तर तीमध्ये उहाँलाई टेकनाथको मात्र नाम याद रहेछ। अर्थचेत अवस्थामा रहेका कारण उहाँले छोरा माध्यमिक विद्यालयमा पढाउने मात्र जानकारी दिन सक्नु भयो।’

रेग्मीका अनुसार कार्कीसँगको कुराकानीका क्रममा उनकी छोरी रुपा पनि बैंगलोरतिर नै रहेको अपुरो जानकारी आएको छ। ‘उहाँको होस त्यती राम्रो छैन। त्यही भएर कुराकानी गर्ने क्रममा उहाँले छोरीको नाम रुपा भएको र उनी बैंगलोरतिर नै भएको बताउनु भएको थियो,’ उनले भनिन्, ‘उहाँको टाउकोमा चोट लागेको र डिमेन्सिया पनि भएको कारणले होला होसमा कुराकानी गर्ने अवस्थामा हुनुहुन्न।’

रेग्मीका अनुसार कार्कीलाई अस्पतालकै एक सुरक्षागार्डले उपचारका लागि भर्ना गराएका थिए। कार्की सुरुमा प्रोस्टेटको समस्याको उपचार गराउन अस्पताल पुगेका थिए। तर, अस्पतालमा रहँदा उनी शौचालयमा लडेका कारण टाउकोमा चोट लागेको थियो। चोटका कारण प्यारालाइसिसको समस्या देखिएको हो। रेग्मीले बिरामी आर्थिक संकटमा परेकाले उहाँको परिवारसम्म जानकारी पुग्न सके ठूलो सहयोग हुने बताइन्। यस्तै, अलपत्र परेका बिरामी कार्कीलाई स्वदेश फर्काउने पहल गर्न नेपाल सरकारलाई आग्रह गरेकी छिन्।

स्वास्थ्यखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah