काठमाडौं । आज (सोमबार) सुनको भाउ उकालो लागेको छ। आईतबार ६५ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ सय रुपैयाँले बढेको हो ।
आज बजारमा छापावाल सुन प्रतितोला ६५ हजार २ सय रुपैयाँ र तेजावी सुन ६४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज सुनको भाउ बढेपनि चाँदीको भाउ भने यथावत छ । आज चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भईरहेको छ।



