२६,चैत,काठमाडौं । कैलालीबाट प्रकाशित हुने एक पत्रिकाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई देशकै ठूलो दल नेपाली कांग्रेसको वरिष्ठ नेता भन्दै तस्बीर प्रकाशित गरेको छ । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसले चैत २७ गते कैलालीको अत्तरीयामा आयोजना गरिएको प्रदेश नम्बर ७ स्तरीय विशेष आमसभाको प्रचार प्रसार सामग्रीमा कांग्रेस जिल्ला शाखा कैलालीले रामचन्द्र पौडेलको ठाउँमा केपी ओलीको तस्वीर राखेर वरिष्ठ नेता बनाएको हो । यो सामग्री सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

पत्रिकामा प्रकाशित सूचनामा सभापतिमा शेरबहादुर देउवाको तस्वीर भनिएको छ भने वरिष्ठ नेतामा रामचन्द्र पौडेल लेखेर केपी ओलीको तस्वीर राखिएको छ र महामन्त्री शशांक कोइरालाको तस्वीरलाई अन्तिममा राखिएको छ ।

यस्तो सूचना बाहिर आएपछि कांग्रेस र एमालेका नेता कार्यकर्ता आश्चर्यमा परेका छन् । खासगरी एमाले कार्यकर्ताले यस्तो भ्रम नफैलाउन कांग्रेस र सूचना प्रकाशित गर्ने पत्रिकालाई समेत आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा  कांग्रेस निकट समर्थकले भने ‘नेकपा एमालेका अध्यक्ष केपी ओली नाम परिवर्तन गरेर काँग्रेसमा प्रबेश’ गरे भन्दै व्यग्ंय गर्न थालेका छन् ।

 न्युज सेवा बाट सभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah