काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ । नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार मंगलवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर १ रुपैयाँ, र ५० पैसाले वृद्धि हुने जानकारी दिए ।
एलपी ग्यासमा भने २५ रुपैयाँ घटाईएको गोइतले बताए । हवाई ईन्धनको विक्री मूल्य यथावत राखिएको उनले बताए । निगमले आर्थिक वर्ष २०७५।७६ मा एलपि ग्यासमा करीब ६ अर्व नोक्सानी व्यहोरेको थियो, जसको कारणले हालसम्म स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन हुन सक्ने अवस्था आएको थिएन ।



