, २७ चैत – सत्यवती गाउँपालिका–५ कि यशोदा सापकोटा २७ माघमा ससुराको मलाम गइन् । गाउँका दिदी–बहिनीले साथ दिए । ती महिला शव बोकेर घाट मात्रै पुगेनन्, दाहसंस्कार गरेर घर फिर्ता भए । उनीहरूले शव बोकेको देख्दा र मलामी जाँदा गाउँमा धर्म हराएको मान्नेहरू पनि भेटिए । तर, कतिले उनीहरूको हिम्मतलाई सम्मान पनि गरे, नयाँ पत्रिकामा टोपलाल अर्यालले खबर लेखेका छन् ।

तर, सत्यवती गाउँपालिका मात्रै होइन, वरपरका अन्य गाउँमा समेत महिला शव बोकेर घाट जान्छन् । अरू जोखिमपूर्ण कामहरू पनि गर्छन् । कोही बिरामी परेमा महिला नै अघि सर्नुपर्छ । ‘यो संस्कार महिलाले रहरले अपनाएका भने होइनन्, बाध्यता पनि हो । गाउँका सबैजसो युवा विदेशिएका छन्, सजिलो अप्ठ्यारो सबै काम महिलाकै जिम्मा आएको छ’सत्यवतीका कृषि राना भन्छन् ।

केही वर्ष अघिसम्म गाउँ टोल छर–छिमेकमा विवाह, व्रतबन्ध वा कुनै संस्कारमा युवाको उल्लेख्य सहभागिता हुन्थ्यो । नाचगानको बेग्लै रमाइलो पनि हुन्थ्यो । मालिका गाउँपालिका मोतीलाल घिमिरे भन्छन, ‘एक छोरा र एक बुहारी कामको सिलसिलामा बाहिर छन्, बिरामी पर्दा पानी तताएर दिने घरमा छैनन्, ठूलो समस्या परे सहयोग गर्ने गाउँमा छैनन् ।’

जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमले शिक्षा, स्वास्थ्य, पूर्वाधारसँगै रोजगारी र अवसर खोज्दै सर्वसाधारण गाउँबाट सुगम, सुगमबाट सहर जाने क्रम बढेकाले गाउँ सुनसान हुन थालेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah