काठमाडौँ, २७ चैत । राष्ट्रिय शाक्य समाज नेपालको चौथो वार्षिक साधारणसभा शनिबार खुशिबहीमा सम्पन्न भयो ।
पच्चीसजना महानुभावबाट बोधिदीप बालेर उद्घाटन गरिएको उक्त साधारणसभामा २१ जिल्लाका तीनसय भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो ।
साधारण सभामा समाजका महासचिव प्रा. सुवर्ण शाक्यले संस्थाको प्रतिवेदन व सहकोषाध्यक्ष भर्णमान शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारण सभामा काभ्रे, मोरङ, सुनसरी, भोजपुर, संखुवासभा, नुवाकोट, सुर्खेत, पाल्पा, रुपन्देही, गोरखा, पर्सा र मकवानपुर जिल्लाका प्रतिनिधिहरुले आ–आफ्ना जिल्लाको प्रतिवदेन प्रस्तुत गरेका थिए । काठमाडौँ उपत्यकाभित्रका केशचन्द्र पारावर्त महाविहार इतुंबहाः, मञ्जुश्रीनक महाविहार बिकमाःबहाः, खोइतानक महाविहार नःबही, कीर्तिपुण्य महाविहार लगंबहाः, भक्तपुरको प्रशन्नशील महाविहार र ललितपुरको हिरण्यवर्ण महाविहार तथा श्रीवत्स महाविहारबाट पनि प्रतिवेदन प्रस्तुत गर्ने काम भएको थियो ।

समाजका अध्यक्ष नेपाल सरकारया पूर्व मुख्य सचिव तीर्थमान शाक्यले देशभर फैलिएर बसेका शाक्य परिवारहरुबीचको पारस्परिक सम्बन्धलाई थप मजबुत बनाउन पहल हुनुपर्ने आवश्यकता औँल्याउँदै शाक्यहरुको पेसा, थालथलोसहितका विवरण रहेका प्रोफाइल तयार गर्न उपयुक्त हुने सुझाव दिनुभयो ।
संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै समाजका महासचिव सुवर्ण शाक्यले समाजको लक्ष्य, उद्देश्य व भावी कार्यक्रमबारे जानकारी दिनुभएको थियो । जिल्लासँगको सम्पर्क र व्यापकता हुने गरी समाजले स्थापना दिवस व वार्षिक साधारणसभा आयोजना गर्दैआइरहेको छ । महासचिवका अनुसार २०७४ सालमा चौथो राष्ट्रिय अधिवेशन आयोजना हुनेछ ।
कोषाध्यक्ष भर्णमान शाक्यले समाजका लागि स्थायी कोष खडा गर्न अहिलेसम्म मनकारी दाताहरुबाट २ लाख ७३ हजार प्राप्त भइसकेको जानकारी दिनुभयो ।
चौथो साधारणसभामा पूर्वमन्त्री डा केशवमान शाक्यले कोषका लागि रु एक लाख प्रदान गर्नुभएको थियो ।
समाजको साधारणसभा आयोजनामा सहयोग गर्नपाएकामा खुसी व्यक्त गर्दै नदि संगम महाविहार खुशिबहीका थकाली रामरत्न शाक्यले शाक्य परिवारहरुबीच एकता व सद्भाव बनाइराख्न समाजबाट भइआएका गतिविधि सराहनीय भएको बताउनुभयो । सो¥ह बही (महाविहार) सर्वसंघका मूल थकाली खुशिबहीका अष्टमान शाक्यलाई सम्मानस्वरुप साधारणसभाको विशेष अतिथि बनाइएको थियो । समाजले नेपालका शाक्यहरुको गौरवपूर्ण इतिहास, धर्म, संस्कृति, परम्परा व आचार–व्यवहारबारे सहज रुपमा जानकारी दिन द्वैमासिक ‘शाक्य’ पत्रिकाको प्रकाशन गर्दैआएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah