रोजगारीको खोजीमा नेपाल आएका पाकिस्तानी सेनाका एक पूर्व लेफ्टिनेन्ट कर्णेल तीन दिनदेखि नेपाल-भारत सीमा क्षेत्रबाट बेपत्ता भएका छन्। पाकिस्तानी विदेश मन्त्रालयले सेनाका लेफ्टिनेन्ट कर्णेल मुहम्मद हबिब जहिर नेपालबाट बेपत्ता भएको पुष्टि गरेको छ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता नफिस जाकारियाले गत बिहीबारदेखि बेपत्ता भएको बताएका छन्। प्रवक्ता जाकारियाले उक्त घटनाबारे नेपाल सरकार तथा काठमाण्डुस्थित पाकिस्तानी दूतावासलाई जानकारी गराइसकिएको पाकिस्तानी टेलिभजन जियो न्यूजसंगको कुराकानीमा बताएका छन्।

पाकिस्तानी संचार माध्यमले अनुसार बेलायती मार्क थम्पसन नामक व्यक्तिले उनलाई सोलुसन डट बिज नामक कम्पनीमा तीन हजार पाउन्डसहितको जागिरका लागि अफर गर्दै सम्पर्क गरेपछि उनी नेपाल आएका हुन्। सोही जागिरका लागि अन्र्तवार्ता दिन नेपाल आएका थिए।

पाकिस्तानी सेनाका पूर्व अधिकारी गत बुधबार रोजगारीको खोजीमा नेपालका लागि हिंडेका थिए। बिहीबार काठमाण्डु हुँदै लुम्बिनी पुगेका उनले परिवारसँग त्यहाँबाट सम्पर्कमा आएका थिए। त्यसपछि उनी सम्पर्क विहीन छन्।

उनलाई जागिर दिने भन्दै बोलाएका थम्सनको सम्पर्क नम्बर भारतीय रहेको पाकिस्तानी संचारमाध्यमको दाबी छ। भारतदेखी नेपाल तर्फको ६ किलोमिटर क्षेत्रबाट उनी बेपत्ता भएका हुन्। पाकिस्तानी अधिकारीले उनको खोजीको प्रयास जारी रहेको बताएका छन्।

पाकिस्तानी सेनामा काम गर्दा उनले राष्ट्रसंघको शान्ति सेनामा दुई वर्ष काम गरेका थिए। सन् २०१४ मा पाकिस्तानी सेनाबाट सेवा निवृत्त भएका उनी त्यसलगत्तै पाकिस्तानी खाद्य कम्पनीमा जागिर खाएका थिए। खाद्य कम्पनीको जागिर छोडेर उनी नयाँ कामको खोजिमा थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah