बिष्णुप्रसाद पोखरेल

स्थानीय तह अर्थात स्थानीय सरकारका प्रमुख, उपप्रमुख र वडाध्यक्ष चयन गर्ने संघारमा हामी रहेकाछौ । यो पहिला भएका चुनावहरुभन्दा धेरै पृथक चुनाव हो । किनकी हामी सिंहदरबारलाइ यहि ल्याउदैछौ । अर्थात ंिसहदरबारमा जे जति काम हुन्थ्यो त काम सबै यहि हुन्छ । हामी स्थानीय सरकार प्रमुख चुन्दैछौ । जो अधिकार सम्पन्न हुनेछ । हामी न्याधिश चुन्दैछौ जसले मुद्धामामला यहि मिलाउछ । यहि आफै बजेट बनाउछ । यहि आफै कार्यक्रम बनाउछ । बिकासका लागि कसैको मुख ताक्नु पर्दैन । काम भएन भनेर सदरमुकाम र राजधानी पुग्नु पर्दैन । यसैले पनि यसको बिशिष्ठ महत्व रहेको छ ।
दमक नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत यूवराज दाहालले एक कार्यक्रमा भनेअनुसार राजधानीमा रहने बिभिन्न मन्त्रालयका इकाइ समेत यहि रहनेछ जसले गर्दा मन्त्रालयको काम पनि यहिबाट हुन्छ । मेयर, उपमेयर र वडाध्यक्षले आफै स्थानीय रुपमा कानून, नियम बनाएर लागु गर्नसक्छन् । जनताका हरेक समस्याहरु टार्न सक्छन् यसर्थ हामीले जनप्रतिनिधि छान्दा अर्थात स्थानीय सरकार बनाउदा विवेक प्रयोग गर्नुपर्छ । सहि ब्याक्तिको हातमा अवसर दिन सक्नु पर्दछ ।
दमकमा मेयर, उपमेयर र वडाध्यक्षका प्रमुख चुनावी एजेण्डाहरु के हुन सक्लान त ? ५ बर्षको अवधि अब निर्वाचित जनप्रतिनिधिहरुले के के गर्नु पर्ला त ?
१, जनतालाइ पायक पर्ने स्थानहरुमा सेवाकेन्द्र तथा वडाकेन्द्रहरु खोल्ने । जसले गर्दा वडाका नागरिक तथा नगरबासीहरुलाइ आवतजावतमा र सेवा लिन कुनै पनि समस्या नपरोस् ।
२,हरेक वडाहरुमा एउटा स्वास्थ्य प्रदायक संस्था जून अहिले स्वास्थ्य चौकीले सेवा प्रदान गर्ने सेवा त्यहाँबाट पाउने अवस्था हुनुपर्दछ ।
३, हरेकको घरमा खानेपानीका धारा जडान, बिल भुक्तानीका लागि खानेपानी कार्यालय आउनै नपर्ने ।
५, हरेक परिवारको मूलि तथा सदस्यको नाममा बैक खाता । नगरपालिका र वडा कार्यालय तथा खानेपानी लगायतका बील बैकबाट तिर्न सक्ने ब्यवस्था मिलाउने ।
६, हरेक घरमा मिटरबक्स, हरेक टोलमा ट्रान्समिटर हरेक पोलमा सोलार बत्ति ।
७, हरेक वाडमा एक कृषि जेटिए तथा कृषि प्राविधिक
८, हरेक वडामा शितभण्डार सहितको शब्जि मण्डि, दूध चिस्यान केन्द्रको स्थापना ।
९, हरेक वाडमा एम्बुलेन्स तथा आपतकालीन उद्धारका लागि सवारी साधनको ब्यवस्था ।
१०, हरेक वडामा अनुगमन अधिकृत जसले कालोबजारी तथा ठगिको बिषयमा अनुगमन र कार्वाही गर्नेछ । नगरबासीलाइ ठगिनबाट जोगाउने छ ।
११, हरेक वडामा शान्ति सुरक्षाका लागि वडा नागरिक प्रहरी कार्यालय रहनेछ ।
१२, कम्तिमा एक घर एक रोजगार ।
१३, प्रत्येक वडामा सीप सिकाइ केन्द्रको स्थपना । जहाँ रोजगारमूलक सीप सिकाइनेछ ।
१४,  प्रत्येक वडामा निर्माणहुने सबै संरचना अपाङ तथा जेष्ठ नागरिक मैत्री  हुनेछन् ।
१५, फोहोर संकलनका लागि सबै वडामा फोहर संकलन केन्द्र र ब्यवस्थापनको ब्यवस्था ।
१६, आग्ले सडकहरु ब्यवस्थित गर्ने ।
१७, हरेक वडामा आपतकालीन घर तथा आरक्षण केन्द्रको स्थपना । आगलागि तथा दैबी प्रकोप हुदा कम्तिमा २० देखि २५ परिवार बस्न सक्ने आवास गृहको निर्माण ।
१८ प्रत्येक वाडहरुमा कम्तिमा एकहजार क्षमताका अतिथि सदन तथा कार्यक्रम स्थल निर्माण ।
१९, प्रत्येक वाडहरुमा बिद्यालय जसमा सबैको पहुच बराबर
२०, हरेक वडामा खेलमैदान तथा खेलकुद सम्बन्धिका कुनै न कुनै ब्यवस्था गर्ने
२१, सबैलाइ धनिपूर्जा, सबैको घरमा कम्तिमा पनि टिनको छानो ।
२२, प्रत्येक वडामा एउटा पुस्ताकालय तथा बाचनलय
२३, एकघर एक ल्यापटप तथा कम्यूटर, सबैलाइ सूचना र प्रविधिमैत्री बनाउनका लागि प्रत्येक घरमा ल्यापटप बितरण गरेर प्रविधिबाट काम गर्न सक्षम बनाइनेछ ।

केहि ठूला तथा महत्वपूर्ण गर्नु पर्ने काम

१,रतुवा र मावा खोला नियण्त्रण यसलाइ ब्यवस्थित बाध बनाएर बाधलाइ ग्रिनबेल्ट तथा बगैचा बनाएर पर्यटकीय स्थल बनाउने
२, बृद्धाश्रम तथा अशायहरुका लागि आवासको अनिवार्य ब्यवस्थाका लागि ‘साहारा घर’
३, प्लटिङ नियण्त्रण गरेर सुरक्षित आवास केन्द्र निर्माण
४, औधोगिक पार्कमा नगरबासी र आसपासकालाइ रोजगारको ब्यवस्था, कम्तिमा ५ हजारलाइ रोजगारी
५, बहु बिद्यालय निर्माण । जहाँ सबै भाषाभाषि र धर्मसस्कृतीको बिषयमा पढ्न र अध्ययन गर्न पाइनेछ ।
६, दमकको चक्रपथमा नगरबस सञ्चालन । किसानलाइ लक्षित गरेर कृषि उत्पादन बोक्ने सवारी साधनको बेग्लै ब्यवस्था ।
७, नगरएफएम सञ्चालन । नगरका सेवा, सुबिधा र नजचेतना मूलक कार्यक्रमका लागि नगरको सूचना प्रणाली
८, फूट चौडाइ भएका सबै सडकहरुम ढल सहितको पीच अनिवार्य बनाइनेछ ।
९, एकै रंगका घरहरु दमकको पहिचान बनाइनेछ ।
१०, होटल तथा लजहरुलाइ दोश्रो घरको रुपमा स्वीकार गर्न सक्ने गरिको पूर्वधार र सञ्चालनको ब्यवस्था ।
११, दमकमा कम्तिमा पनि ५ स्थानमा आधूनिक शवदाह स्थलको निर्माण
१२, दमकका अस्पतालहरुमा सबै बिशेषज्ञहरु सहित प्रविधिको ब्यवस्था ।
१२, शहरी क्षेत्रमा उचित पार्किङको ब्यवस्था
१३, मूख्य चौक तथा बजारहरुमो सार्वजनिक शौचालय, घुम्ति शौचालय पनि हुनसक्छ ।

अरु पनि धेरै हुन सक्लान ? के छ तपाइको सुझाव ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah