नेकपा (एमाले)ले आगामी स्थानीय निर्वाचनमा प्रदेश नम्बर ४ मा पहिलो हुने निष्कर्ष निकालेको छ ।

नेकपा (एमाले) प्रदेश नम्बर ४ संगठन कमिटीको पोखरामा बसेको विस्तारित बैठकले यस्तो निष्कर्ष निकालेको हो । प्रदेश नम्बर चारका प्रमुख एवं पार्टी स्थायी कमिटीका सदस्य किरण गुरुङले स्थानीय निकायको निर्वाचनमा एमाले पहिलो बन्ने घोषणा गरे । ‘बिभिन्न जिल्लाको रिपोर्टिङका आधारमा एमाले प्रदेश नम्बर चारमा पहिलो बन्छ’, उनले भने ‘महानगरपालिकासहित हामी अधिकांशमा जित्छौं ।’
टिकट दिँदा पार्टीमा योगदान गरेका पुराना र नयाँ उर्जाशीलहरुलाई प्राथमिकता दिने पनि उनले दाबी गरे ।

यसैगरी, नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं प्रदेश उपप्रमुख गणेश तिमिल्सेनाले पार्टीको सांगठानिक सुदृढीकरण तथा विस्तार, सरकारमा गरेको काम र पार्टीप्रतिको आकर्षणले एमाले पहिलो हुने निष्कर्ष निकालिएको जानकारी दिए । उनले टिकटका लागि अनावश्यक दबाब दिनेमाथि कडाइ गरिने बताए ।

वस्तारित बैठकमा बोल्दै एमालेका नेताहरु सोमनाथ प्यासी, थममाया थापा, रवीन्द्र अधिकारी, मानबहादुर जिसी तथा सांसदहरु डा. भीष्म अधिकारी, टुका हमाल, नवराज भुसाल, जीवन श्रेष्ठ, टुकराज सिग्देल लगायतले जनताको माझमा एमाले लोकप्रिय रहेकाले पहिलो हुनेमा कुनै शंका नरहेको बताएका थिए ।

यसैगरी, बैठकमा युवासंघका अध्यक्ष राजीव पहारी, उपाध्यक्ष दिलु पन्त, बुद्धिजीवि परिषद्का केन्द्रीय अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा, अनेरास्ववियुका कार्यबाहक अध्यक्ष रश्मी आचार्य, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, मुस्लिम इत्तेहाद संगठनका उपाध्यक्ष ताज महम्मद मियाँ, चार नम्बर प्रदेश सम्पर्क मञ्च उपसंयोजक कमल दानी, अखिलका सचिव आरसी लामिछाने, प्रेस चौतारीका सचिव रामकृष्ण शर्मा लगायतले एकढिक्का भएर जनतामाझ जान एमाले नेताहरुलाई सुझाव दिएका थिए ।

बैठकले प्रदेश निर्वाचन परिचालन कमिटी पनि गठन गरेको छ । प्रदेशका प्रमुख किरण गुरुङ संयोजक रहने गरी पार्टी प्रदेश संगठन कमिटी, प्रदेशका पोलिटव्युरो तथा केन्द्रीय सदस्य, केन्द्रीय तथा प्रदेश निकायका पदाधिकारी तथा सदस्यहरु, केन्द्रीय तथा प्रदेश विभागका सदस्यहरु, सांसदहरु, मोर्चा संगठनका केन्द्रीय पदाधिकारी, मोर्चा संगठनका प्रदेशस्तरका प्रमुख तथा उपप्रमुखहरु रहेको निर्वाचन परिचालन कमिटी गठन गरेको चार नम्बर प्रदेशका प्रचार विभाग प्रमुख समेत रहेका एमाले पोलिटव्युरो सदस्य एवं प्रदेश संगठन कमिटीका सचिव जगत विश्वकर्माले जानकारी दिए ।

थप रणनीति तय गर्न सोमबार बिहान पनि पोखरामा प्रदेश संगठन कमिटीको बैठक बसेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah